टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes) अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis or Melagrias ocellata ) र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसपछि स्पेन हुँदै युरोप अमेरिका र एशिया भरी नै छायो । यी दुई प्रकारका टर्कीमा पनि हावा पानी र भौगोलिक प्रभावले गर्दा विविधता पाईन्छ ।
जातहरु :
हुन त टर्कीका धेरै जातहरु विकास भएका छैनन् तैपनि अमेरीकाको पोल्ट्री संस्थाले विकास गरेका जातहरु व्रोन्ज, ह्वाईट हलैण्ड, व्राउन रेड नार्गान सेट, कालो स्लेट र स्मल ह्वाईट मुख्य हुन् । त्यस्तै जंगली जातवाट विकास गरिएका व्रोड व्रेनटेड व्रोन्ज र व्रोड व्रेन्टेड ह्वाइट हुन् ।
नेपालमा टर्की पालन :
नेपालमा टर्की कहिले आयो भन्ने कुराको यकिन गर्न नसकियतापनि यसको पालन भने काठमाण्डौमा फाट फुट देखिन्छ । परवानीपुर कृषि अनुसन्धान केन्द्रमा मिडियम ह्वाईट जातको टर्की २०५७ सालमा भारतको वरेलीवाट ल्याईएको हो । यहाँवाट व्यवसायिक रुपमा टर्की पालन गर्न चाहने कृषकहरुलाई चल्ला र प्रविधि वारे जानकारी दिईन्छ । वढी मूल्यमा वेचविखन हुने यो टर्कीको पालन निम्न अनुसार गर्न सकिन्छ ।
तालिका १
टर्कीलाई खुवाउने दानामा उमेर अनुसार प्रोटीन र शक्तिको मात्रा निम्न अनुसार हुनु पर्छ ।
तह | उमेर | प्रोटिन | शक्ति / के.जी दाना |
स्ट्रायर–१ | ०–२ हप्ता | २८ | २९०० क्यालोरी |
स्ट्रायर–२ | २–४ हप्ता | २६ | ३००० क्यालोरी |
ग्रोअर–१ | ४–८ हप्ता | २३ | ३०५० क्यालोरी |
ग्रोअर–२ | ८–१२ हप्ता | २० | ३१५० क्यालोरी |
डेभ्लपर | १२–१५ हप्ता | १८ | ३२२५ क्यालोरी |
फिनिसर–१ पोाथी | १२–१६ हप्ता | १६ | ३२५० क्यालोरी |
फिनिसर–२ भाले | १५–१८ हप्ता | १६ | ३२७५ क्यालोरी |
माथिको तालिका अनुसार शुरुको उमेरमा २८ प्रतिशत सिपि भएको दाना दिईन्छ । त्यसपछि चल्ला ठूलो हँुदै जाँदा प्रोटीनको मात्रा घटाउँदै जानु पर्दछ । यसरी टर्कीलाई विभिन्न तहको उमेरमा विभिन्न मात्रामा प्रोटीन र शक्ति भएको दाना दिनु पर्छ ।
व्यवस्थापन :
एउटा वयस्क भाले टर्की २४ हप्तामा १.३ मी अग्लो र १२ देखि १५ किलो तौल सम्मको हुन्छ । यस्तै पोथी टर्की भाले भन्दा सानो र ८ देखि १० किलो तौल सम्मको हुन्छ ।
टर्कीको भाले, पोथी पहिचान १२ –१३ हप्ताको उमेरमा गर्न सकिन्छ । ५ वटा पोथीको लागि एउटा भाले संगै राख्नु पर्छ । पोथीले आठ नौं महिना देखि फुल पार्न शुरु गर्छे । फुल ८० –८५ ग्राम तौलका हुन्छन् । फुल २८ दिन सम्म कोरले पछि चल्ला निस्कन्छ ।
टर्की ठूलो चरामा पर्ने भएकोले यिनिहरु ३ वर्षमा वयस्क हुन्छन् । टर्कीका चल्ला पनि कुखुराको चल्ला जस्तै हुर्काउन सकिन्छ । वढी नाफा कमाउन तालीकामा देखाए जस्तै उचित दाना पानी दिएर २०–२४ हप्ता उमेरमा वेच्नु पर्छ ।
यिनिहरुलाई खुल्ला वगैचा वा चउरमा छोड्न राम्रो हुन्छ । साथै थप चाराको लागि गहुँको चोकर, मकै, कनिका, मसिनो गरी काटेको तरकारीको टुक्रा विहान वेलुका दिनु पर्छ । जहाँ जग्गाको कमी छैन त्यहाँ ४–६ फिट अग्लो तारवार गरी १ कट्ठामा ५०–६० वटा टर्की पाल्न सकिन्छ । तीन, चार वर्षमा चरन परिवर्तन गरिरहनु पर्छ ।
गाई भैंसी संगै टर्की चराउन सकिन्छ तर वंगुर र भेडा संग चराउन राम्रो हुदैन । जंगलि जनावर र कुकुरले टर्कीलाई आक्रमण गर्दछ । त्यसवाट वचाउनु पर्दछ ।
व्यवसायिक रुपमा टर्की पाल्नेहरुले टर्कीलाई धानको भुस वा काठको धुलो लिटरको रुपमा व्यवस्था गरेर कुखुरा पाले जस्तै पाल्नु पर्छ । यसका लागि ४० फिट चौडा, ३०० फिट लामो, घर राम्रो हुन्छ । पाँच फिट अग्लो जाली लगाएर छाना हाल्नु पर्छ । भालेलाई पाँच वर्ग फिट र पोथीलाई चार वर्ग फिट ठाउँ चाहिन्छ ।
लामा दिनमा टर्कीको विकास छिटो हुन्छ तर दिन छोटो भएपनि तापक्रम ६५ ड्ढ फारेन हाईट र दिन ११ घण्टा वा त्यो भन्दा वढीको छ भने पनि तिनीहरु छिटै वयस्क हुन्छन् । धेरै फुल उत्पादन गर्नको लागि पोथीलाई १८–२२ हप्ताको उमेरवाट अध्यारोमा राख्नुपर्छ ।
अध्यारोमा राख्दा १८–२० हप्ता उमेरमा ८ घण्टा प्रकाश तथा १६ घण्टा अध्यारो र २०–२२ हप्ता उमेरमा ६ घण्टा प्रकाश तथा १८ अध्यारोामा राख्नु पर्छ । यदि अध्यारोमा राख्न ढिला भयो भने २२ हप्ताको उमेरमा ४ घण्टा प्रकाश दिने र २० घण्टा अध्यारोमा राख्नु पर्छ । अध्यारोमा राखेको समयमा राम्रो हेरचाह पु¥याउनु पर्छ ।
रोगहरु :
कुखुरालाई जस्तै टर्कीलाई पनि कुखुरामा लाग्ने रोगहरु लाग्दछन् । तर कालो टाउको र टाउको सुन्निने रोग यसका प्रमुख रोगहरु हुन् । कक्सी, किर्ना, जुम्रा पनि यसलाई लाग्ने गर्दछन् ।
खोप :
फूल पार्ने कुखुरालाई दिने जस्तै खोप, रानी खेत, गम्वारो, फवल पक्स, फवल टाईफाईड आदि खोपहरु समयमै दिनु पर्दछ ।