प्रभावकारी बन्दै ‘तोरी जोन’ कार्यक्रम

लमही। दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन)का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएका हुन् । पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले […]

बारीबाटै गोलभेँडा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् । विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती […]

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

ललितपुर। केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ । संघका केन्द्रिय अध्यक्ष बाबुराम […]

१ सय ५१ थरीको चियाको स्वाद अव एकै ठाउँमा

ललितपुर। अब मुलुकभर उत्पादित १५१ प्रकारका चिया एउटै छानामुनि पाइने भएको छ । हिमालयन आमा टी (एग्रो प्रोडक्ट) संचालनमा आएसंगै १५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने भएको हो। हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्देश्यले एग्रो प्रोडक्ट संचालनमा ल्याएको जानकारी दिनुभयो। राजधानीको बौद्धमा सञ्चालनमा आएको ‘हिमालयन आमा टी’ का संचालक […]

कृषि क्षेत्रमा बैदेशीक लगानी भित्राउन सरकार सकारात्मक

ललितपुर। अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशीक लागानी भित्राउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को १८ औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि सहकारी मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानहरुको आयस्तर माथी उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा […]

अब कफीखेतीको पनि बीमा

ललितपुर। किसानले अब कफीखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘कफी खेती बीमालेख’ लागू गरेपछि किसानलाई उत्पादन वा बोट वा दुवैको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुशार कफीखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी […]

आलु किसान चिन्तित

महोत्तरी। लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे । उनले भने, ‘एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा […]

रोल्पाको तरकारीले पाएन बजार

रोल्पा। व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा […]

चरणबद्ध आन्दोलन गर्ने दुग्ध व्यवसायीको चेतावनी

ललितपुर। दुग्ध उत्पादक किसानका समस्या बेवास्ता र स्वदेशी डेरी क्षेत्रमा भएको विदेशी लगानी खुल्ला गर्ने  विधेयक नसच्याए कृषकहरुले चरणबद्ध आन्दोलन गर्ने केन्द्रीय दुग्ध सहकारी सङ्घले  चेतावनी दिएको छ । सङ्घले डेरी क्षेत्रमा प्रदेश सरकारले अघि बढाएको चिनिँया गाई खरिदसम्बन्धी समझदारी र संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण तथा एकीकरण गर्न बनेको विधेयकमा डेरी क्षेत्रमा […]

नेपाली कृषिलाई आधुनिक प्रणालीमा रुपान्तरण गर्नु आवश्यक : प्रधानमन्त्री ओली

ललितपुर। कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ सरकार गम्भीर रुपमा लागिपरेको छ । खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी आजदेखि राजधानीमा शुरु भएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा मुलुकका कार्यकारी प्रमुखबाट त्यस्तो अभिव्यक्ति आएको हो । कृषि र खाद्य सम्प्रभूताको वर्तमान चुनौती र समाधानका उपायबारे सम्बन्धित विषयका जानकारबीच अनुभव आदानप्रदानसहित खाद्य सम्प्रभूताको सुनिश्चितताका निम्ति अपनाउनु पर्ने रणनीति तयार […]