अन्नबालीको विकल्प फलफूल खेती

म्याग्दी। म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् । अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरू अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । […]

सरकारद्धारा कृषिमा ढुक्कका साथ लगानी गर्न आह्वान

काठाडौं। अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकी मूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकारले दातृ निकाय,उद्योगी व्यवसायी तथा विभिन्न […]

मकैले धानेको जीवन

भरतपुर। गैंडाकोट नगरपालिका ७ का मनहरि सापकोटाले संघर्षको पापड बेल्नसम्म वेलेकाछन् । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौ धौ हुने उनलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ । पसिनाको कमाइ खानुको मज्जा उनलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उनले […]

असिनाले हिउँदेबालीमा ठूलो क्षति

रुकुम (पूर्व)। रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जौ र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद […]

जनावर तथा पछीं अनुसन्धानको केन्द्र बन्दै दाङ

लमही। पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै […]

रातो केरा खेतीको सफल परीक्षण

कञ्चनपुर। कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ । अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक […]

सुनसरीमा बर्डफ्लु

इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ। केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकार उप्रेतीले हरिपुरमा बर्डफ्लु भेटिएको जानकारी दिए। ‘इटहरी नगरपालिका–१८ मा बर्डफ्लु भेटिएको भन्ने जानकारी पाउनसाथ नियन्त्रणको प्रयास गरिएको छ,’ उनले भने, […]

कृषिबाटै नाम, दाम र इज्जत

घोडाघोडी। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बने । किसानी […]

बाख्रापालनमा बढ्दो आकर्षण

दमौली। तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० ओटा बाख्रा पालेका छन् । उनले बाख्रापालनबाट वार्षिक रू। १० लाख भन्दा बढी आम्दानी गर्छन् । सोही ठाउँका श्रीमाया आलेले ४५ ओटा बाख्रा पालेकी छिन् । उनको आम्दानी वार्षिक रू. ५ लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० ओटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा […]

आँपका बोटमा मधुवा रोग लागेपछि किसान चिन्तित

बर्दिबास। आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी बोटै ढाकेर फुल फुल्दा दंङ्ग परेका महोत्तरीका किसान अहिले मधुवा रोग लागेपछि पिरोलिएका छन् । आँपका फूल मधुवाले डढाएर सुक्न थालेपछि किसानको पिरालो बढेको हो । बढी फलफूल खेती भएके बर्दिवास, गौशाला, औरही र भङ्गाहा क्षेत्रमा मधुवाको समस्या बढेको छ । बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोको […]