तरकारी किन्न घरमै पुग्छ गाडी
तम्घास। गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी भगभता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमिचौरको बासखर्क आए । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको दरभाउअनुसार आधा किलो खुर्सानीको उनले रु. ७० पाउने भए । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिँडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले […]