अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

गलेश्वर। फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् । यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा […]

परम्परागत गाईपालनमा रमाउँदै किसान

महोत्तरी। यहाँको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पाल्नुभएको छ । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ । “स–साना बाछाबाछीसहित गोठमा पुगनपुग […]

कृष्णपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन

कञ्चनपुर।  कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो । “जेठ महिनाभित्रै […]

ओझेलमा ढोरपाटन

ढोरपाटन। कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरि […]

तनहुँ डढेलोको उच्च जोखिममा

दमौली। तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँनुभयो । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उहाँले भन्नुभयो । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै […]

कोहलपुरमा कासेली घर सञ्चालन

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिकामा कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५ वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पुर्याउन सक्ने गरीे कोसेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिनुभयो । “नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको बिक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो,“यहाँ भान्सादेखि कपडासम्मका वस्तु पाइने छ । नगरपालिकाले […]

बढ्यो दूधको मूल्य

काठमाडौँ।  सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिनुभयो । यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को […]

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा। गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो । कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उहाँले […]

बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

धनकुटा। जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन् । […]

वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा

  दाङ। बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उहाँसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् । उहाँले भन्नुभयो, “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले […]