कुरिलो खेतीप्रति आकर्षण बढ्दो

गल्याङ। पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये […]

परेन पानी सुरु भएन रोपाइँ

राँझा। बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताए । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उनको भनाइ छ । जानकी गाउँपालिकाको […]

चितवनमा चिउरी संरक्षण अभियान

रत्ननगर। चिउरीको संरक्षणका लागि चितवनको पहाडी क्षेत्रबाट ‘चिउरी जोगाउँ’ अभियान सुरुआत गरिएको छ । चिउरीको महत्व बुझ्न नसक्दा दिन प्रतिदिन लोप हुँदै गइरहेको जनाउँदै बाल कल्याण संस्थाले अभियान थालनी गरेको हो । चिउरी संरक्षण अभियानअन्तर्गत संस्थाले कालिका नगरपालिका–१० स्थित नान्दरमा छ सय ३५ चिउरीको बिरुवा वितरण गरेको छ । पहाडी क्षेत्रबाट यो अभियान सुरु गरिए […]

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ६५ लाख ५० हजार विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु. २२ लाखको पूर्वाधार निर्माण गरिएको […]

कर्णालीमा एक लाख पशुचौपायाको उपचार

कर्णाली। कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ । पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री […]

गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता

रामपुर। गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार […]

घरेलु मदिराको ‘ब्राण्डिङ’ र ‘बजारीकरण’ कति सहज ?

गण्डकी। घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ […]

चौपायालाई गौशाला निर्माण, गाँसको छैन टुंगो

भजनी। कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आईरहेकी छन् । उनी गौशालामा […]

दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

कावासोती। नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ लाख २० हजार अनुदान प्रदान गरेको छ । किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा […]

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन। बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा। शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार पाँच सय मेट्रिक […]