काठमाडौं। मुलुकभर हालसम्म ४३ प्रतिशत रोपाई सकिएको छ । असार दोस्रो सातादेखि मनसुन सक्रिय हुँदै गएपछि असार तेस्रो साता लाग्दा भन्डै आधा रोपाई सकिएको कृषि विकास मन्त्रालयले जानकारी दिइएको छ ।

कुल खेतीयोग्य जमिनको १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमा मात्रै बर्षे धान रोपाई भएको हो ।

पूर्वाञ्चल क्षेत्रमा २५ प्रतिशत, पश्चिमाञ्चलमा ५४ प्रतिशत, सुदुर पश्चिमाञ्चलमा ७४ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत बर्षभन्दा केही ढिला मनसुन सुरु भएकाले पनि आसातित रोपाइ हुन नसकेको कृषि विज्ञको भनाई छ । गत बर्षको भन्दा अहिले २ प्रतिशतले बढि रोपाई भएको छ ।

गत बर्ष यसै समयमा ४१ प्रतिशत रोपाई भएको थियो । साउन मसान्तसम्ममा मुलुकभर सत—प्रतिशत रोपाई हुने सक्ने कृषि मन्त्रालयका सह—प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।