कपिलवस्तु। सरकारले गरिव किसानहरुका लागि वितरण गर्ने भनेको परिचय पत्र २६ जिल्लामा वितरण गर्न सुरु गरेको छ ।
कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका पुगेर गरिब किसानलाई परिचय पत्र वितरण गर्दै शुभारम्भ गरेका हुन । बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परिचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ।
गरिव परिचय पत्र अति गरिवका लागि रातो कार्ड, मध्यम गरिवका लागि पहेँलो कार्ड र गरिव निलो कार्ड गरी तिन किसिमका कार्ड बितरण गरिएको छ।
१२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । मानव विकास सुचकाङ्कका आधारम आयस्तर कम भएका किसान रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।
बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भएको छ । २६ जिल्लामा वितरण गर्नका लागि पनि बजेटको अभाव छ । परिचय पत्र वितरण गर्न ४ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर, अहिले ती जिल्लामा ६३ करोड रुपैयाँ मात्र वितरण गर्न बजेट विनियोजन भएको छ ।
अहिलेको ६३ करोड रुपैयाँले त ११ जिल्लामा मात्र वितरण गर्न पुग्छ । बजेट अभाव बारे अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमा जानकारी गराइ सकिएको छ ।