काठमाडौं। काम नभएर फुर्सदमा रहेका मन्त्रीहरु भैंसी गोठ उद्घाटन कार्यक्रममा समेत सहभागि हुन थालेका छन् । आफ्नो मन्त्रालय संग सरोकार नराख्ने कृृषि मन्त्रालयको कार्यक्रममा खेलकुद मन्त्रीको उपस्थिती हुँदा कस्तो भयो होला ? हो त्यस्तै भएको छ जव खेलकुद मन्त्री भैंसी गोठ उद्घाटन कार्यक्रमा पुगे ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा सिम सिम्ले नेपाने बहुउदेश्यीय कृषि फर्म उद्घाटनकोे क्रममा कास्की पुगे ।

भैंसी गोठ उद्घाटन कार्यक्रममा मन्त्री देखिनु नौलो होईन तर, आफ्नो क्षेत्र भन्दा बाहिरको मन्त्रालयको कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले जव भैंसी गोठ उद्घाटन गरे स्थानीयलार्ई भने चकित बनायो ।

फोटो : कृष्ण देवकोटा