काठमाडौ। दुई दिने राजकीय भ्रमणमा नेपाल रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका कृषि अनुसन्धान र कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दुई प्रधानमन्त्रीका अनुसार नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक छिट्टै बस्नेछ । यो बैठकले कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । साथै ब्यापार सम्वन्धलाई अझ बलियो बनाउन ‘ट्रिटी अफ ट्रेड’लाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएका छन् ।