किसान

विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा

काभ्रे । पाँचखाल नगरपालिका–२ अनैकोटका बोधनाथ तिमल्सिना हिजोआज गोलभेँडा टिप्न, औषधि छर्न र त्यसलाई बजारीकरण गर्दैमा व्यस्त छन् । उनको दैनिकी अहिले टनेलभरि फलेको गोलभेँडालाई सुरक्षित गर्ने, बिक्री गर्ने र त्यसको उचित व्यवस्थापन गर्नु हो । त्यसरी काम गरेर उनले अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । […]

तरकारी खेतीबाटै मनग्य आम्दानी

गुल्मी। जिल्लाको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उहाँको दैनिकी हो । कारण हो, उहाँले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आउनुभएको छ । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म […]

प्राविधिककको जागिर छाडेर दूग्ध व्यवसायमा

सल्यान। प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिनुभएको छ । दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आउनुभएको छ । अहिले […]

मासिक दुई लाख ५० हजारको वैदेशिक रोजगारी छाडेर नेपालमा भैंसीपालन

भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उहाँ स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा […]

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङ्जा। देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् । गल्याङ नगरपालिका–९ साङलिया रिपका […]

थोरै लगानी मनग्य आम्दानी : वैदेशिक रोजगारीबाट फर्केर बट्टाई पालन

टीकापुर। जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहेका थिए। बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न […]

भोजपुरका किसान व्यवसायीक किवीखेतीतर्फ

भोजपुर। जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे […]

परिश्रमको फल : कुखुरापालन र तरकारीखेतीबाट मासिक एक लाख बचत

गलकोट। गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उनको […]

विदेश गएका युवालाई आफ्नै माटोले फर्कायो

स्याङ्जा। ठूलो सपना बोकेर विदेश पुगेका स्याङ्जाका युवालाई आफनै माटोले स्वदेश फर्काएको छ । जति मेहनत गरेपनि भविष्यको कुनै ठेगान नभएपछि एक पछि अर्को गर्दै स्वदेश फर्कन थालेका हुन् । फर्किएका ती युवाहरु कृषि व्यवसाय अपनाएर उद्यमी बन्न थालेका छन् । यसैक्रममा वालिङ १० का रुक्मागत ढकाल पनि एक हुन् । रुक्मागतले विदेशबाट फर्के लगत्तै […]

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

कैलाली। टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाइन् । […]