किसान

कृषकलाई प्रोत्साहन रकम

दमौली। तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले […]

तम्घासका युवाहरू च्याउखेतीमा सक्रिय

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् । पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले […]

अवकाश पछि मौरीपालनमा सक्रिय

धादिङ। सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् । सेवा निवृत्त भए पनि समयको सदुपयोग […]

आलु खेतीमा रमाउँदै प्रकाश सर

डडेल्धुरा। अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ । शिक्षक ऐरको दैनिकी […]

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै युवा

रामपुर। कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलुखेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलुखेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि […]

‘बल्ल भेटियो हाम्रो पहिचान’

कास्की। पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुन् । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आएका उनले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाए । कृषक भनेर चिनिँदै आए पनि उनले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाएका थिएनन् । उमेरले ६९ वर्ष लागेका उनी अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दै […]

कोशेलीले फेरिएको लेखनाथको जीवन

स्याङ्जा। कोशेली हेर्दा सानो ठुलो जस्तो पनि हुनसक्छ तर त्यसको उपयोगिताले महत्वको वोध गराउँछ । त्यही कोशेलीलाई कसरी लिने भन्ने पाउनेको हातमा भरपर्छ । आफ्नै सालीले दिएको केराको एक बोट बिरुवाले स्याङ्जाको गल्याङ ११ दिमीकका लेखनाथ भट्टराईको जीवन फेरिएको छ । दशवर्ष अगाडि नजिकैको गाउँ गल्कोट जिमुहा सालीको घरमा गएकाबेला लेखनाथले एक बोट केराको बिरुवा […]

रेशम खेतीतर्फ आकर्षित हुँदै देउखुरीका किसान

देउखुरी। दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना […]

अष्ट्रेलिया छोडेकी कुुसुम गाउँमा कृषिकर्मकी अगुवा

पशुपतिनगर। नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छिन् । घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै […]

मुग्लानमा रोजगारी गुम्यो : गाउँमै व्यवसाय थाल्दा मालामाल

महेन्द्रनगर। कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे। धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन्। “विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनतमा […]