समाज

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा […]

बन्दुक समाउने हातले खुर्सानीको बोट समाएपछि मालामाल

धनकुटा। दश वर्षको जनयुद्धमा बन्दुक बोकेर मुलुकको शासन व्यवस्था परिवर्तन गर्न हिँडेका भिम विक्रम लिम्बु कागती खेतीबाट आर्थिक व्यवस्था परिवर्तन गर्ने अभियानमा छन् । धनकुटाको साँगुरीगढी गाँउपालिका – ५ बेगनाका लिम्बुले ४० रोपनी जग्गामा क्षेत्रफलमा कागती र अकबरे खेती सुरु गरेका छन् । राजनितिमा निष्क्रिय बसेका लिम्बुले बर्षौँ अघिदेखि बाँझो रहेको जमिनमा कागतीको विरुवा हुर्काउन […]

आलिताल र परशुराम दूधमा आत्मनिर्भर

डडेल्धुरा।परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । कृषकले उन्नत जातका गाईभैंसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक […]

लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा। ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हुन् । फागुनमा गहुँ, आलुलगायतका तरकारी खेतीले हरियाली देखिने खेतबारी यो वर्ष बाँझै रहेका छन् । ओखलढुंगाको लिखु गाउँपालिका ठूला टारी तथा बेँसी खेतहरु पानी नपरेपछि बाँझै रहेको स्थानीय कृषकहरुले जानकारी दिए । स्थानीय […]

निर्धन उत्थान बैंकले दियो च्याउ खेती तालिम

काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई चितवनको भरतपुरमा “च्याउ खेती तालिम” दिएको छ। फागुन १० देखि १२ सम्म चलेको तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएको बैंकले जानकारी दिएको छ। च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, […]

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा। आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत […]

सिगानालाई सुन्तलाको पकेट क्षेत्र बनाइने

बाग्लुङ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानालाई सुन्तला पकेट क्षेत्र बनाउने तयारी थालिएको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा भइसकेको सिगानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्थानीय जनप्रतिनिधि, कृषि समुहको अगुवाईमा सुन्तलाको पकेट क्षेत्र बनाउने कामलाई तीव्रता दिईएको हो । सिगानामा ५ वर्ष भित्र करिव १५ हजार उत्पादन दिने सुन्तलाका विरुवा तयार पारी […]

युवा भैंसीपालनप्रति आर्कषित

काठमाडौं । भैंसीपालन व्यवसायबाट प्रसस्त आम्दानी देखीएपछि यतिखेर युवावर्ग पशुपालन प्रति आर्कषित हुन थालेकाछन् । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गदै आउनुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँले विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएको र यो चार […]

सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण

पाल्पा। पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हँुदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । […]

आधुनिक प्रविधिबारे मौरीपालक किसानलाई तालिम

लमजुङ।­ लमजुुङका मौरीपालक किसानलाई मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।‘एक घर, एक मौरी घार अभियान, आर्थिक समृद्धिको मुहान’ भन्ने नाराका साथ लमजुुङ कृषि क्याम्पसमा गठित ‘दिगो कृषिका लागि युवा’ को आयोजना, हिर्कुश एग्रो फार्म प्रालि र गहते अर्गानिक मौरी फार्मको सहयोगमा किसानहरुलाई मौरीपालन तालिम प्रदान गरिएको हो । आवश्यक नविनतम ज्ञान, सीप, प्रविधिबारे जानकारी […]