कृषि तथा वन विश्वविद्यालय बन्द
चितवन। विद्यार्थी तथा प्रध्यापकहरुले लामो समय आन्दोलन र तालाबन्दी गरेपछि कृषि तथा वन विश्व विद्यालय प्रशासनले ‘असहज परिस्थित निम्तिएको’ भन्दै अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गरेको छ। शुक्रबार ३ बजेसम्म छात्रावासमा रहेका विद्यार्थीलाई बाहिर जान क्याम्पस प्रकाशनले समय तोकेको थियो । प्रशासनले तोकेको समयमा छात्रावास नछाड्ने विद्यार्थीहरुलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जबर्जस्ति बाहिर निकाल्यो। […]





