समाचार

भदौरे वर्षाले किसान खुसी

काठमाडौँ। धान फुल्ने बेला पानी नपरेकाले चिन्तित किसान पुनः वर्षा भएपछि खुसी भएका छन् । धान फुल्ने बेला धानबालीलाई आकाशे पानी आवश्यक मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबार रातिदेखि सक्रिय मनसुनले नेपालका मध्य र पूर्वी क्षेत्रमा अझै दुईतीन दिनसम्म पानी पार्नेछ । राति तथा बिहान मौसम बदली भई वर्षा […]

मरेको खसीबोका लुकाई छिपाई विभिन्न स्थानबाट राजधानी भित्रदै

काठमाडौं। नेपालगञ्जबाट खसीबोका लिएर काठमाडौं आउँदै गरेको ट्रकमा तीनवटा खसी काटिएको अवस्थामा फेला परेका छन् । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले नागढुंगामा गरेको चेकजाँचका क्रममा बा ५ प १९४७ नम्बरको ट्रकमा तीनवटा खसी टाउको काटिएको अवस्थामा फेला परेका हुन्। ट्रकका खसी नेपालगञ्जका व्यापारी युनिस कुरेसीले ल्याएका हुन्। प्रस्थान गर्ने विन्दुमा रहेको क्वारेन्टाइन कार्यालयले चेकजाँच गरेर स्वस्थ्य […]

अदुवा निकासी बन्द, मन्त्रालय अनभिज्ञ

विर्तामोड। नेपालमा उत्पादित अदुवा भारत निकासी बन्द भएपछि अदुवा किसान तथा व्यवसायी मारमा परेका छन् । गत भदौ १४ गते यता मेची भन्सार कार्यालय काँकरभिट्टा लगायत अन्य नाका हुँदै भारत निर्यात हुने अदुवाको निकासी ठप्प भएको हो । नेपाल हुँदै भारत निकासी हुने अदुवामा नेपाली उत्पादन लगायत चिनीयाँ अदुवा समेत हुने गरेको व्यवसायीहरु बताउँछन् । […]

चितवनमा दूध र मासुको उत्पादन बढ्यो

चितवन। चितवनमा दूध र मासुको उत्पादन बढेको छ । सरकारले युवा लक्षित कार्यक्रममार्फत किसानलाई अनुदान दिन थालेपछि दूध र मासुको उत्पादन बढेको हो । जिल्ला पशु सेवा कार्यालय चितवनमार्फत किसानलाई अनुदान वितरण गरिएको छ । मासुका लागि खसीबोका बंगुरदेखि दूधका लागि गाईभंैसी पाल्नेसम्मले पाएको अनुदानलाई प्रभावकारी रुपमा प्रयोगमा आएको छ । चितवनमा आर्थिक वर्ष ०७२/०७३ […]

बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

बझाङ। गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ । स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेपछि बझाङका कृषकहरुमा चिन्ता […]

निगालो टुसाबाट आम्दानी बढ्दो

लमजुङ। निगालोको टुसाबाट आम्दानी राम्रो हुने भएपछि जिल्लाको उत्तरी तथा पुर्वी ग्रामीण भेगका बासिन्दालाई अहिले भ्याइनभ्याइ छ । वर्षायामको अन्त्यतिर जङ्गलमा पाइने निगालोको टुसाको माग धेरैभएकाले टिप्न र बिक्री गर्न उनीहरुलाई हतारो भएको हो । गाउँबाट ल्याएको टुसा बिक्री गर्न कुनै कोठा या ठेला भाडामा लिनै नपर्ने डोकामा ल्याउँदै गर्दा बाटोमै सकिने हुँदा सदरमुकाम बेसीशहरसम्म […]

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम किसानहरुले धेरै ठुलो अपेक्षा नगरेको भन्दै तत्काललाइ जीवन यापन गर्ने सक्ने प्रधावकारी कामहरु खोजेकाले आफु त्यसमै बढी केन्द्रित हुने बताएका छन् । बुधबार माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने, अघिल्लो सरकारमा पनि आफनै […]

किसानलाई चालु आर्थिक वर्षभित्रै पेन्सनको व्यवस्था

धनगढी। कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार घेटघाट कार्यक्रममा मन्त्री चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका हुन् । मन्त्री चौधरीले पेन्सनको वितरणबारे ड्राफ्ट तयारी भईरहेको भन्दै चालु आर्थिक वर्षभित्रै पेन्सन लागु गरिने बताए । एक लाखदेखि पाँच लाख उत्पादन […]

हुने खानेलाई मात्र ‘प्याक्ट ‘ को अनुदान !

काठमाडौं।  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट वितरण हुने अनुदानको करोडौं रकम चरम दुरुपयोग भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपालमा २०६६ देखि सञ्चालन भइरहेको प्याक्ट आयोजना कृषि क्षेत्रमा नेपालको सबैभन्दा ठूलो आयोजना हो । रकम दुरुपयोगका लागि नयाँ परियोजना खडा गरी प्याक्टकै उच्च अधिकारीको मिलोमतोमा अनुदान रकम वितरण गरिएको छ । त्यस्ता […]

म्याग्दीमा चट्याङ लागेर ७२ भेंडा मरे

म्याग्दी। म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन्। स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए। बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा […]