धनगढी। कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार घेटघाट कार्यक्रममा मन्त्री चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका हुन् ।

मन्त्री चौधरीले पेन्सनको वितरणबारे ड्राफ्ट तयारी भईरहेको भन्दै चालु आर्थिक वर्षभित्रै पेन्सन लागु गरिने बताए । एक लाखदेखि पाँच लाख उत्पादन गर्ने किसानलाई एक सय ५० प्रतिशत तथा पाँच लाख देखि १० लाख उत्पादन गर्नेलाई सत प्रतिशत रकम किसानको कोषमा राज्यले जम्मा गर्ने व्यवस्था अनुरुप काम अघि बढिरहेको मन्त्री चौधरीको भनाई छ ।

उनले पहिलो चरणमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना देशैभरी लागु गरिने बताए । परियोजना अन्र्तगत पकेट एरिया, सुपरजोन एरिया गरि चार क्षेत्रअन्र्तगत लागु गरिने मन्त्री चौधरीको भनाई छ ।