काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम किसानहरुले धेरै ठुलो अपेक्षा नगरेको भन्दै तत्काललाइ जीवन यापन गर्ने सक्ने प्रधावकारी कामहरु खोजेकाले आफु त्यसमै बढी केन्द्रित हुने बताएका छन् ।
बुधबार माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने, अघिल्लो सरकारमा पनि आफनै पार्टीले मन्त्रालय लिएपनि संयुक्त सरकारका कारण आम किसानका लागि गर्नु पर्ने जति काम गर्न नसकिएको भन्दै फेरि कृषि मन्त्रालय आफनै पार्टीले लिएकाले अब अघिल्लो पटक गर्न नसकेको महत्पूर्ण कार्यहरुलाई पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले आम किसानहरको हकहितमा काम गर्न प्रधानन्त्री प्रचण्डलाई १४ बुँदे ज्ञापन पत्र बुभाएका थिए ।
विभिन्न बुदा मध्ये कृषि विकास मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, खाद्य संस्थानलाई एकीकृत गरि खाद्य कृषि तथा पशुपंक्षी विकास मन्त्रालय गठन गर्न जोडदार रुपमा माग गरिएको थियो ।