समाचार

नेपालको माटो ५० प्रतिशतभन्दा बढी अम्लीय

काठमाडौं। कृषि प्रधान मुलुक नेपालको माटो ५० प्रतिशतभन्दा बढी अम्लीय रहेको एक अध्ययनले देखाएको छ । कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले गरेको अध्ययनले आधाभन्दा बढी माटो अम्लीय रहेको पत्ता लागेको हो । माटो बन्ने क्रममा अम्लीय हुँदै जाने प्रक्रिया प्राकृतिक नै भए पनि मानवीय गतिविधिसमेतको प्रभावका कारण माटो अम्लीय भएको अनुसन्धानले देखाएको हो । विज्ञहरूका […]

कागजमै अल्मलियो किसानलाई पेन्सन,योजना नै अन्योलमा

काठमाडौं। सरकारले यस आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने भनेको कृषि पेन्सन योजना अन्योलमा परेको छ। कृषि विकास मन्त्रालयको ढिलासुस्ती र पेन्सन योजनाको अध्ययन प्रतिवेदन तयारीका लागि बिनायोजना कन्सल्टेन्टलाई जिम्मा दिँदा कृषि पेन्सन योजना अन्योलमा परेको हो। योजना नै अन्योलमा परेपछि यस वर्षदेखि कृषकहरू कृषि पेन्सन योजनाबाट लाभान्वित नहुने लगभग निश्चित जस्तै भएको छ। कृषि विकास मन्त्रालयले तीनवटा […]

मौरीमा नयाँ रोग

रुकुम । मौरी पालन व्यवसायमा नयाँ रोगको महामारी देखापरेपछि रुकुमका मौरी पालक किसान समस्यामा परेका छन् । मौरीका लागि प्रख्यात जिल्लाको पिपल र पोखरामा घारबाट मौरी एकासी हराउँदै गएपछि किसान समस्यामा परेका हुन् । कात्तिकको पहिलो हप्तादेखि मह झिक्ने सिजनमा मौरी मासिँदै गएपछि किसानलाई संकट परेको हो । जिल्ला कृषि विकास कार्यालय रुकुमका कार्यालय प्रमुख […]

घरमै बसी कृषि सूचना

डोटी। जिल्लामा कृषि प्रविधिका विषयमा जानकारी लिन तथा बाली तथा पशुमा देखिएका समस्याबारे घरबाटै जानकारी लिन सकिने भएको छ । विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयले यो परियोजना लागू गरेपछि डोटीमा पनि यस्तो प्रविधिको विकास भएको हो । सरकारी जलवायु प्रकोप समुत्थान परियोजनामार्फत कृषकले मौसम र जलवायुसम्बन्धी जानकारी पनि पाउने भएपछि उत्पादनमा समेत बृद्धि हुने […]

पशुपन्छी मन्त्रालएको एक वर्ष,कागजका प्रगति काम उस्तै

काठमाडौं। पशुपन्छी मन्त्रालयले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको छ । आज शुक्रवार पशुपन्छीमन्त्रालयमा पशुपन्छी सचिव अन्नपूर्णनन्द दासको अध्यक्षतामा मन्त्रालयले गरेका कार्यहरुको प्रगति विवरण पेश गरिएको थियो । उक्त अवशरमा पशुपन्छी मन्त्रालयका सह सचिव श्याम प्रसाद पौडेले पशुमन्त्रालयले एक वर्षमा महत्वपूर्ण उपलव्धी हाँसिल गरेको वताए। आज पशुपन्छी विकास मन्त्रालय स्थापनाको अवसरमा मन्त्रालयले भव्य कार्यक्रम आयोजना गरेर प्रधामन्त्री […]

प्याक्ट द्वारा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता,अख्तियारको छानबिन

सप्तरी। कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट)द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । उक्त परियोजना (प्याक्ट)द्वारा छनोटमा परेका निजी कृषक व्यवसायीलाई रु एक करोड तथा समूहमा रहेका कृषक व्यवसायीलाई रु ३५ लाखसम्म दिने कार्यक्रमका लागि छनोट गर्ने परियोजनाका पदाधिकारी तथा व्यवसायीबारे […]

दर्जनौं गाई मृत फेला

कैलाली। कैलालीको गोदावरीमा बुधबार दर्जनौं गाईको मृत अवस्थामा फेला परेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकाको टीप्परमा ल्याएर मंगलबार राति १२ बजेपछि गाई गोदावरी तीर्थस्थल क्षेत्रको भ्यागुतेपानी नजिक फालिएको स्थानीय बासिन्दाले बताएका छन् । ‘राति १२ बजेपछि टिप्परले बोक्दै गाई फालिएको हो,’ गोदावरीका स्थानीय धर्मसिंह साउदले भने, ‘अधिकांश मरेका र केही मर्न लागेका गाई गरी झण्डै […]

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

इलाम। चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन रु पाँच हजारमा बिक्री हुने गरेको […]

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन’को उदघाटन

कैलाली। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको बुधबार कैलालीमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका छन् । सुपरजोनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै धेरै गहुँ उत्पादन हुने जिल्ला कैलालीलाई यस कार्यक्रमले कृषि आधुनिकीकरणतर्फ अग्रसर बताउने बताए । देशमै पहिलो पटक कैलालीका ४ गाबिसलाई समेटेर गहुँको सुपरजोन कार्यक्रम लागू भएको हो । कैलालीको उदासिपुरमा ९ जना कर्मचारी राखेर कार्यालयको […]

बसे पनि शहर गाँउकै खाने रहर,पैचो पसल अब राजधानीको बजारमा

काठमाडौं। ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै २ वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्नै उत्पादनसहित अब राजधानीको बजारमा प्रवेश गरेको छ । गुल्मी, पाल्पा, अर्घाखाँची  लगायतका पहाडी जिल्लामा उत्पादन हुने आटो (मकैको च्याख्ला), सिन्की (गुन्द्रुक), तितौरा, मस्यौरा कोदोको पीठो, विभिन्न प्रकारका जुस, अचार लगायत ८ प्रकारका सामग्री काठमाडौंका पसलमा पाइन थालेको […]