समाचार

मिलको दरमा भुक्तानी नलिए भुक्तानी नै नगर्ने धम्की,उखु किसान मर्कामा

नवलपरासी । पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् । सरकारले आव २०७५र७६ मा उखुको प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । जसमा […]

आम्दानीको स्रोत बन्दै बाख्रापालन व्यवसाय

वालिङ । वालिङका एक युवाले बाख्रा बिक्रीबाट मासिक एक लाख रुपैया आम्दानी गर्दै आएका छन् । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थालेका बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ । सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहेका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा […]

भारतीय तरकारी आयातमा कडाई, १२ भन्सार नाकामा विषादी परीक्षण प्रयोगशाला राखिदै

ललितपुर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका मूख्य भन्सार नाकाहरुमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। यसका लागि विभागले १२ स्थानमा प्रयोगशाला राख्ने तयारी थालेको हो। नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङ लगायतका मूख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछ। ती स्थानमा प्रयोगशालासहित आवश्यक जनशक्ति […]

प्रविधि पछ्याउँदै किसान

गलकोट। बागलुङको गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पुर्यायो । उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र पराल […]

भैंसीको पाडी पालन गर्ने हो ? आवेदन दिनुहोस

पनौती। पनौती नगरपालिका नगर कार्यपालिकाको कार्यलय अन्र्तगत पशुपन्छीं शाखा मार्फत आर्थिक वर्ष ७६/ ७७ मा संचालन हुने जिविकोपार्जन आय आर्जन कार्यक्रममा भैसींको पाडी ३०० गोटा वितरण गर्ने कार्यक्रम रहेकोले ईच्छुक कृषक, कृषक समूह, सहकारी र व्यसायीक फर्महरुले आवेदन दिन सक्नेछन् । यसका लागि कार्यलयले ३० दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।

नेपालमा गाई फार्म संचालन गर्दै चीन

ललितपुर। चिनियाँ कम्पनीको सहयोगमा गाईपालन परियोजना सञ्चालन हुन लागेको छ । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गाइपालन परियोजना सञ्चालन हुन लागेको हो । परियोजना सञ्चालनका लागि तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा अध्ययन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड […]

कुखुरा, बंगुर, माछा र गाई भैंसी पकेट क्षेत्र विस्तार गर्दै गण्डकी प्रदेश

पोखरा। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय , गण्डकी प्रदेश पोखराले पशुपन्छीं पकेट क्षेत्र स्थापना प्रर्वद्धन सहयोग संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार माछा, मासु, अण्डा तथा दूध तथा दुग्धजन्य पदार्थको मागलाई सहज आपूर्ति गर्न पशुपन्छीं पकेट प्रर्वद्धन कार्यक्रम संचालन गर्न लागिएको निर्देशनालयले जनाएको छ । यसका […]

गरे के हुन्न ? मासिक एक लाख २५ हजारको दूध बेच्दै ८१ वर्षिय अधिकारी

पाल्पा। साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ । गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा […]

किसानलाई ५० देखि शत प्रतिशत अनुदान दिँदैं भरतपुर महानगरपालिका

चितवन। भरतपुर महानगरपालिका आर्थिक विकास महाशाआ , कृषि तथा पशुपन्छीं व्यवसाय प्रर्वद्धन शाखा पशु सेवा तर्फको आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भरतपुर महानगरभित्रका किसानलाई समेटि अनुदान कार्यक्रम संचालन हुने भएको छ । यसका लागि महानगरपालिकाले सूचना जारी गरी महानगरभित्रका कृषक, व्यवसायी, फार्म , उद्यमीलाई ३० दिन भित्र प्रस्तावना पेश गर्न आव्हान […]

कृषि प्रधान मूलुकमा खोई लगानी ?

नेपाल कृषि तथा पशुपालनमा जीविकोपार्जन गर्दै आएको मुलुक हो भन्ने कथन छ । नेपालको कुल ६५.५ प्रतिशत जनसंख्याले आफनो दैनिकी खेतीपाती र पशुचौपायासँग बिताउँदै आएको छन् । आर्थिक समृद्धि र आधुनिक कृषि प्रणालीको विकास नेपालीले कहिले सम्ममा पाउलान्, त्यो त अझ आकाशको फल नै हो । कथामा सीमित कृषिप्रधान देशले आधारभुत आवश्यकता र ज्यान बाँच्न […]