नेपाल कृषि तथा पशुपालनमा जीविकोपार्जन गर्दै आएको मुलुक हो भन्ने कथन छ । नेपालको कुल ६५.५ प्रतिशत जनसंख्याले आफनो दैनिकी खेतीपाती र पशुचौपायासँग बिताउँदै आएको छन् । आर्थिक समृद्धि र आधुनिक कृषि प्रणालीको विकास नेपालीले कहिले सम्ममा पाउलान्, त्यो त अझ आकाशको फल नै हो ।

कथामा सीमित कृषिप्रधान देशले आधारभुत आवश्यकता र ज्यान बाँच्न सक्ने खाद्यान्न तथा मासु लगायत कृषि सामग्री वार्षिक विदेशबाट कति आयात गर्छ त्यस विषयमा त सबैलाई ज्ञातै छ । जबकि विकसित मुलुकको १ प्रतिशत कृषकले उत्पादन गरेको वस्तुले आफनो राष्ट्रको लागि मनग्ये भई अन्य छिमेकी मुलुकहरुमा निर्यात गरेको पनि देख्न पाईन्छ । प्रसंग राष्ट्र र किसानको आलोचनाको मात्र होइन । प्रंसग ६५.५प्रतिशत कृषक र भुक्का टाट पल्टेको नेपालको हो ।

कृषिमा लगानी बालुवामा पानी :
म, तपाई, हामी सबै माटोमा नंग्रा खियाएर पसिना संग श्रम साटेर खाने किसान हौं । हामी तपाईले गर्ने परिश्रम र मेहनत हाम्रा लागी मात्र सीमित हाम्रो उपज होईन । हामी माथि परिवारको मात्र नभई सिंगो राष्ट्रको फुस्रो धाक ‘कृषि प्रधान राष्ट्र’ नामक भ्रमात्मक पगरीलाई बचाई राख्ने जिम्मेवारी पनि छ । तपाईंले व्यवसाय मेरो भन्नुहोला, त्यसमा तपाईंको लगानी छ भन्नु होला तथापि तपाईंहरु जस्तै हजारौ किसानको व्यवसायको आडमा सरकारले कृषि प्रधानको उपाधि कमाई राखेको तपाईहरुलाई थाहा छ की छैन किसान महोदय ?

अब जाउँ ६५.५प्रतिशत किसानको वर्तमान अवस्थातर्फ । ‘कृषिमा लगानी बालुवामा पानी’ अहिलेको कृषक र कृषि प्रणालीको परिचय हो । कृषकको आफनो सर्वस्व धन, पैसा, मुद्रा , रुपैया, सम्पत्ति जे जे भनेपनी उसको खेतीपाती र पशुचौपाया नै हुन् । किसानले आफ्नो पसिना, परिश्रम र मेहनत सबै उनैमा लुटाएको हुन्छ । यद्यपि परिश्रम अनुरुपको उत्पादन र मुल्य भने हासिल गरेका छैनन् होलान  ।२-४ कृषक जो नेपाली कृषिमा अपवादका रुपमा औलाका गन्तिमा सीमित छन् । आफुलाई सफल किसान भन्न रुचाउलान् ।

सफल किसान र संर्घषशील किसानको जड र विषयवस्तु तथा धरातल एउटै हो तर परिचय फरक छ । सफल र समृद्ध किसान हुन संघर्ष आ–आफनो स्थानबाट गरेका छन् तर प्रतिफल भने निराश बनाउने खालको छ ।

कृषिमा लगानी कति गर्ने, कुन शीर्षकमा गर्ने, प्रविधि, प्रक्रिया, सरकारी अनुदान लगायत सबैबारे जानकारी कति किसानमा नभएको, कसैले नपाएको, कसैले नखोजेका नेपालको मुख्य समस्या हो । किसानले गरेको लगानीमा आफु स्वयं नै विश्वस्त छैनन् । उदाहरणका लागि स्वदेशमा नै भैंसी पाल्ने सोच बनाई विदेशबाट युवा फर्किन्छ ।

भैंसीमा लगानी गर्नु अघि ऋणको समस्या, चर्को ब्याजदरमा ऋण पाईयो गुणस्तरीय भैंसी छनोटको समस्या, खाद्यान्न तथा पोषणको चर्को मुल्यको समस्या, रोग नियन्त्रण तथा उपचारका लागि दक्ष प्राविधिक र प्रयोगशालाको समस्या आदि आदि ईत्यादी । जब माथि उल्लिखित सबै समस्या र बाधा व्यवधानहरुलाई चिर्दै दुध उत्पादन गर्यौ फेरि बजार व्यवस्थापन र मुल्यको समस्या । यसरी नै नेपाली किसानले गरेको प्रत्येक रुपैयाँ लगानीमा जोखिमको कालो बादल मडराउने गर्दछ । एक त अर्थहिन संघर्षले उत्पादन भन्दा लगानी धेरै भई रहेको छ त अर्को तर्फ भएका उत्पादनले बजार नपाउनुको समस्या ।

तरकारीजन्य उत्पादन भए मुल्य नपाई कुहिएर जाने, बिक्री भएको खण्डमा ढुवानीकर्ता र बिचका बिचौलिया र व्यापारीले रजाँई गर्ने कुरा त सर्वविदितै छ । फेरी भारत लगायत अन्य देशहरुबाट गरिने आयात भने आक्रामक छ ।

स्वदेशी उत्पादनले बजार नपाई राखेको अवस्थामा विदेशी आयातले नेपाली कृषको मनोबल हदै सम्म गिराएको छ । विगतका समयमा विभिन्न स्थानका कृषकहरुले तरकारी, दुध तथा अन्य उत्पादनहरु सडकमा फ्याँकेर सरकार विरुद्ध प्रदर्शन गरेको त सबैलाई थाहा नै छ । यस विषयमा सरकारको ध्यान जानु जरुरी छ । सम्बन्धित स्थानीय बजार व्यवस्थापन तथा मुल्यका विषयमा किसानको हित हुने किसिमको निर्णय गर्न जरुरी देखिन्छ ।

उत्पादनले बजार नपाउनुको केही हदसम्मको जिम्मा स्वयम किसानले पनि लिन जरुरी छ की रु दुईचार जना टाठा बाठा किसान र नेताहरुको लहैलहैमा लागेर संगठन बनाउने र संगठनको भरमा बजार प्रवद्र्धनमा नलागी राम्रो मुल्यको अपेक्षा गर्नु बेबकुफी त होइन रु संगठनले किसानको मागलाई संवोधन गर्नका लागि सरकार र सम्बन्धीत ठाउँमा दबाब दिन केही हद सम्म सघाउ त पु¥याउला तर तपाईको माग संवोधन भई व्यवहारमा कार्यान्वयनमा आईन्जेल सम्ममा तपाईको उत्पादनले दम तोड्ने पो हो की ?

फेरी संगठनका टाउके भनाउँदाहरुको एकपक्षिय हितका लागी चर्को नारा लागेको पनि त सुन्नमा पाईएको छ । किसानले आफ्नो उत्पादनलाई आफनै पहलमा आफनै बजार बनाई विक्री वितरण गर्ने वातावरण बनाउने पो हो की ?

स्वास्थ्यका लागी योग्य उत्पादन  :
अहिले सम्म मैले किसानको मर्म र पीडाबारे वकालत गरेको जस्तो देखियो होला तर बास्तवमा त्यो मात्र कृषकको समस्या होईन । किसान उत्पादक मात्र नभई उ एउटा उपभोक्ता पनि हो । किसानले म छु त मेरो परिवार छ र मेरा देश छ भन्ने अठोटका साथ कृषि कर्म गर्न जरुरी छ ।

किसानले उत्पादनका नाउँमा अप्राकृतिक ढंगबाट विषादीको प्रयोग गरेर , विभिन्न किसिमका गलत उपायहरु अपनाई उत्पादन गरेको पनि पाईन्छ । उत्पादका नाउँमा अस्वस्थ प्रतिस्पर्धाबाट निस्किएको उपजबाट उपभोक्ताले के पाउने रु गलत प्रकृयाबाट उत्पादित वस्तुले क्षणीक आम्दानी देला तर व्यक्तिगत स्वार्थ र लाभका नाउँमा सिंगो समाज र राष्ट्रको स्वास्थ्यमा खेलवाड गर्नु किसानको बेइमानी होईन र रु राम्रो र स्वस्थ उत्पादन गर्ने किसानहरु पनि छन् तर अस्वस्थ उत्पादनले राम्रालाई समेत आफनो रोहबरमा लिने गर्दछ । विभिन्न किसिमको विषादीको प्रभावले उत्पादन गरिएको वस्तुको गुणस्तर कस्तो होला ।

आज अस्वस्थ खाद्यान्न तथा मासुजन्य उत्पादनले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने हजारौं नयाँ रोगहरु सिर्जना गरेका छन् । अस्वस्थ खाद्यान्न तथा उत्पादनका कारण सिंगो विश्व प्रभावित भएको छ । विषादी तथा विभिन्न केमिकल र हर्मोनहरुका कारणले प्राणघातक रोगहरु लाग्ने गरेको छ । यो सबैको दोष पनि त अस्वस्थ उन्पादन गर्ने किसानको थाप्लोमा जाने त हो नी । किसानले विषादी प्रयोग गरेर गरेको उत्पादनबाट उपभोक्ताले कस्तो किसिमको अपेक्षा गर्ने ?

तसर्थ स्वस्थ उत्पादनतर्फ अग्रसर हनु आजको असल किसानको दायित्व हो । बिक्री वितरणका लागि नै त हो भन्ने किसिमको भावनाका साथ लाग्नु भन्दा यो उत्पादन म स्वयमका लागी हो भन्ने हेतुका साथ कषि कर्ममा लाग्नु जरुरी छ ।

प्रत्येक किसानले उत्पादनलाई अर्गानिक र गुणस्तरीय बनाउन सकेको खण्डमा आफना उत्पानहरुलाई विश्व बजारमा समेत ढुक्क भई बिक्री वितरण गर्न सक्ने वातावरण सिर्जना हुन्थ्यो की रु राम्रा उत्पादहरुको बजार व्यवस्थापन तथा मुल्य निर्धारण गर्नु राष्ट्रको पनि जिम्मेवारी भएकाले यस तर्फ स्थानीय, प्रदेश र संघ सरकारको ध्यान जानु जरुरी छ ।

उत्पादित वस्तुले बजार पाएको खण्डमा मात्र किसान र कृषिको उचित संवोधन हुने छ । किसान राष्ट्रलाई उभयाई राख्ने मेरुदण्ड हो । राष्ट्रलाई बचाई राख्न किसानलाई बचाई राख्नु जरुरी छ । त्यसैले किसानको उत्पादलाई सम्मानका साथ उचित मुल्य र नेपाली बजारमा स्थान दिने हो भने नेपाल साच्चैको कृषिप्रधान राष्ट्र हुने थियो ।