समाचार

‘जैविक’ उत्पादनको मापदण्ड नहुँदा ठगिँदै उपभोक्ता

ललितपुर। बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक […]

शिक्षण पेशा छाडेर कृषि कर्ममा

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन् । दिक्तेलस्थित अल्छेढुङ्गामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब रु दश हजारदेखि रु १५ हजारसम्म छ । कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ । जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, […]

५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

दमौली। जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो । नगरपालिकाका १४ वटै वडाका करीब ३०० कृषकलाई १६ हजार ५०० केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । कृषि शाखाले जनकदेव […]

कैलाली र कञ्चनपुरमा साढे चार लाख मेट्रिक टन धान उत्पादन

कैलाली । यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस […]

सुन्तला उत्पादक किसानलाई बजारको चिन्ता

डोटी। जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् । “वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ”, निरौलीका सुन्तला किसान हर्क साउदले […]

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै, कार्यक्रम ६ वर्ष सञ्चालन गरिने

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । उक्त परियोजनामा ७० प्रतिशत सङ्घीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी […]

७५ प्रतिशत अनुदानमा कन्ये च्याउको बीउ वितरण गर्दै बुद्धभूमि नगरपालिका

कपिलवस्तु। बुद्धभूमि नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानमा कन्ये च्याउको बीउ वितरण गर्ने भएको छ । यसको लागि शाखाले कृषक, कृषि समूह, कृषि सहकारी,कृषि फार्मलाई सूचना प्रकाशित भएको ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ । थप जानकारीको लागि : ९८४७१३३२९७, ९८५७६२९३७९, ९८६७४०००६२  

बढ्यो अण्डाको मूल्य

ललितपुर। उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। संघका अनुसार काठमाडौंमा ठूलो अण्डाको मूल्य प्रतिकार्टुन दुई हजार ५० र मध्यमको १८ सय ७० रुपैयाँ तोकिएको छ। यसअघि काठमाडौंमा ठूलो अण्डा […]

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान

मेलम्चि। गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे । गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ । आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि […]

किबी खेतीप्रति किसानको आर्कषण, बिरुवा विक्रीबाटै वार्षिक १५ लाख आम्दानी

खोटाङ। पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् । […]