समाचार

नवलपरासीमा केरा उत्पादन घट्ने चिन्ता

नवलपरासी । कोभिड–१९ को जोखिम नभएको भए यतिबेला केरा कृषक खेतमा व्यस्त हुने समय हो । केराको राम्रो उत्पादन गर्दै आएका पश्चिम नवलपरासीका कृषक यतिबेला समयमा केरा लगाएको खेतमा सिँचाइ गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्क तथा जैविक मल राख्न व्यस्त हुन्थे । कोरोना सङ्क्रमणको त्रास र लकडाउनलाई पालना गर्दै कृषक घरमै बसिरहेका छन् […]

लकडाउन प्रभाव : बोटमै कुहियो भुइँकटहर

झापा। कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, […]

राहतमा मकै, कोदो र फापर

बागलुङ। कोरोना भाइरस (कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै–कोदो वितरण गरियो […]

लकडाउनको मारमा पोल्ट्री क्षेत्र, कृषिको एक मात्र आत्मनिर्भर उद्योग संकटमा

ललितपुर। कोरोना भाइरसका कारण मुलुक भरकै कुखुरा पालन व्यवसाय धराशायी बन्दै गएको छ । कुखुराको मासु र अण्डा बिक्री नहुँदा व्यवसायमा जोखिम बढ्दै गएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण कुखुरा पालक किसान मर्कामा परेका हुन् । सरकारले देशव्यापी लकडाउन गरेपछि कुखुराको दाना पाउन मुश्किल हुँदा किसान जिउँदै कुखुरा खाल्डोमा […]

किसानलाई गहुँ भित्र्याउने चिन्ता

कैलाली। कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण तीन खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ । कैलालीको दक्षिणपूर्वी क्षेत्र […]

तरकारी, मासु, अण्डा र दूध ढुवानीमा २५ प्रतिशत अनुदान पाइने

ललितपुर। सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न गाउँपालिका वा नगरपालिकाले गाडीको बन्दोबस्त गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो । यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य […]

कृषि सचिवमा राजेन्द्रप्रसाद भारी

ललितपुर। सरकारले कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको सचिवमा राजेन्द्र प्रसाद भारीलाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत भारीलाई केन्द्रिय सचिवको रुपमा नियुक्त गरेको हो । डा. युवकध्वज जीसी संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठनमा जागिर खान गए पछि उक्त पद खाली थियो । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले […]

कोरोना असर : ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

ललितपुर। गत सातासम्म प्रतिकिलो रु. ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु. १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु. १५ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा रु। पाँचबाट बढेर रु. १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको […]

सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण

लहान। कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले […]

लकडाउनमा ताजा तरकारी पाइएन : फोन गर्नुस् चोकमा आइपुग्छ

ललितपुर। सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । […]