समाचार

रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । लिमिटेडले विज्ञप्ति निकालेर शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गर्दै आवश्यक सबै कागजात पठाएको […]

दार्चुलामा पहिलोपटक ड्रागन फ्रुट खेती

दार्चुला। जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन फ्रुट खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन फ्रुट खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरेका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामी लगायतको […]

उच्च प्रविधिको प्रयोग गरी तरकारी खेती गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

चितवन। कृषि ज्ञान केन्द्र चितवनले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती गर्नका लागि आवश्यक संरचना निर्माणमा ५० प्रतिशत सहयोग गर्ने भएको छ । यसका लागि मकवानपुर र चितवन जिल्लाका ईच्छुक कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समुह तथा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र […]

चिया तथा कफीको विकासमा नार्कले थप अनुसन्धान गर्ने

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालका उपस्थितिमा उक्त मन्त्रालयमा आईतबार परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारी र राष्ट्रिय चिया […]

मल कालोबजारी प्रकरण : जिल्ला प्रशासनले ४ जनालाई तोक्यो प्रतिव्यक्ति १० हजार जारिवाना

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही रु १० हजार जरिवाना गरेको हो । मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका […]

किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्दे गाउँपालिका

तम्घास। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको […]

रासायनिक मलको बिकल्पमा मानब पिसाब

नेपाल एक कृषि प्रधान देश हो र देशको कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको छ । देश बिकासको लागि कृषि क्रान्ति र यस क्षेत्रको बिकासको अपरिहार्य रहनेमा सबैको एकमत छ । कृषि क्षेत्रमा अनेक समस्या छन । तिनै मध्येको अहिलेको प्रमुख समस्या रासायनिक मलको अभाव हो । अहिलेको परिबेस हेर्ने हो भने […]

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

ललितपुर। घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी […]

कागजमै सिमित राष्ट्रिय चिया नीति

राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन् । पाँच वर्षमा […]

कृषि अनुसन्धान निर्देशनालयले गर्‍यो वर्णशङ्कर धानको बीउ उत्पादन

बाँके। बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको बताइएको छ । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश […]