समाचार

स्याङ्जाको चापाकोटमा सामूहिक केराखेती शुरु

स्याङ्जा। स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ ।स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् । एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी […]

सुन्तलाको बोट छ, फल छैन

लमजुङ। लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ । पन्ध्रसोह्र वर्षअघिदेखि […]

पशु बिमा नि:शुल्क

दमौली। तनहुँ जिल्लामा निःशुल्क पशु बिमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बिमा कार्यक्रम शुरुआत गरिएको हो । चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । […]

बैदेशिक रोजगारीबाट फर्केर किबी खेती

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि […]

हिमपात हुँदा हुम्लाका किसानलाई राहत

सिमकोट। आज बिहानदेखि हिमपात हुँदा किसान खुसी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको स्थानीय भक्त रोकायाले बताउनुभयो । लामो समय पानी नपरेको कारण जमिन सख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो […]

आज भाइटीका मध्याह्न ११:३७ मा उत्तम साइत

ललितपुर। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि […]

जनयुद्धदेखि कृषि व्यवसायसम्म

भजनी। अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन् । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको […]

अनुदानमा कृषि सहकारीलाई गाडी

सिन्धुपाल्चोक। त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ । कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको रु १३ लाख अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् […]

बन्दाबन्दी प्रभाव : आलुको बीउ अभाव

लहान। कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् […]

लकडाउनले जुराएको व्यवसाय

म्याग्दी। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेलगत्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए । विगत पाँच वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने रेष्टुरेष्ट चलाएर राम्रै सफलता हात पारेका रावल दाजुभाइ घर फर्किएपछि त्यत्तिकै बस्न सकेनन् । होटेलका […]