ललितपुर। श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको भुक्तानीवापतको बक्यौता रकम आजबाट दिने भएको छ।
उद्योगले आज एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवधानका कारण समयमै भुक्तानी दिन नसकेको प्रति क्षमायाचना गरेको छ।
बक्यौक्ता भुक्तानी सम्बन्धमा सरोकारवाला निकायहरुबीच छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्नेतर्फ उद्योग व्यवस्थापन पक्ष तयार भए पनि कानूनी व्यवधानलाई कारण देखाउँदै भुक्तानीमा ढिलाइ भएको उद्योगले जनाएको छ।
चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले खातमा ३५ करोड जम्मा गरेका हुन् ।
श्रीराम सुगर मिल्सले किसानहरुलाई उखुको भुक्तानी गर्न बाँकी बक्यौता रकम उद्योगको बैंक खातामा जम्मा भइसकेकाले भुक्तानीको समस्या समाधान हुने जनाएको छ। चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसानहरु मंसिर २८ गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्।