समाचार

सात दिनभित्र उखु किसानको रकम दिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

ललितपुर। संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । आज बसेको समिति बैठकले चिनी मिलबाट किसानले पाउन बाँकी रकम सात दिनभित्र दिलाउन निर्देशन दिएको […]

भारतीय बजारमा अलैँची माग बढ्दो

इलाम। भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न […]

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

बागलुङ। दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धुर्व थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु […]

निशुल्क पशुपन्छीं पालन सम्बन्धी तालिम लिने हो ? नगरपालिकामा सम्पर्क गर्नुहोस्

परासी। रामग्राम नगरपालिकाले आर्थिक वर्ष ७७ /७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपन्छीं पालन सम्बन्धी छोटो अवधिको तालिम संचालन गर्ने भएको छ। यसका लागि नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी ईच्छुक कृषकलाई आवश्यक कागजात सहित आफुलाई आवश्यक पर्ने तालिमको विषय खुलाई १५ दिन भित्र पशु सेवा शाखामा निवेदन पेश गर्न आव्हान गरेको छ । तालिम […]

उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने

ललितपुर। उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने उनीहरुको भनाई छ । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान […]

व्यावसायिक कालिजपालन सुरु

डोटी। डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौंमा व्यावसायिक रुपमा काजिलपालन सुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन सुरु गरेका हुन । काठमाडौं र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उनीहरुले व्यवसाय सुरु गरेका छन् । रु. २१ लाख ९७ हजार लागतमा […]

उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना

तनहुँ। म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैँचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालु आर्थिक वर्षमा रु २२ लाख ७२ हजार ४ सय ९३ सहयोग गरिएको […]

पनौतीमा बाली शिविर सम्पन्न

काभ्रे। काभ्रेको पनौतीमा घुम्ती बाली शिविर कार्यक्रम सम्पन्न भएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र बाली संरक्षण प्रयोगशालाको आयोजना तथा पनौती नगरपालिकाको सहकार्य १ दिने घुम्ती बाली उपचार शिविर संचालन भएको हो । तरकारी, फलफुल तथा नगदे बालीहरुमा देखा परेका रोग, किराको पहिचान गरी त्यसको नियन्त्रण तथा उपचार विधि बारे कृषकहरुलाई […]

विदेशको पैसा भलपानी,कृषिमै छ जिन्दगानी

स्याङ्जा। जब वर्षालाग्छ खहरेहरुमा भलपानी बग्छ, अनि हिउँद लाग्दैजाँदा सुक्दैजान्छ । यस्तै विदेश गयो केहि पैसा कमायो, एकछिन रमायो सकिन्छ फेरि उतैगयो, यसरी कतिदिन चल्छ र ? निरन्तरको आमदानी भएन भने जीवन चलाउन मुश्किल पर्छ । त्यसैले विदेशको कमाई एकछिनको भलपानी जस्तै हुने र आफ्नै ठाउँमा निरन्तरको कमाई र स्वरोजगारीका लागि अवसर खोज्नेक्रममा स्याङ्जाका युवाहरुले […]

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

इलाम। विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध […]