काभ्रे। काभ्रेको पनौतीमा घुम्ती बाली शिविर कार्यक्रम सम्पन्न भएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र बाली संरक्षण प्रयोगशालाको आयोजना तथा पनौती नगरपालिकाको सहकार्य १ दिने घुम्ती बाली उपचार शिविर संचालन भएको हो ।

तरकारी, फलफुल तथा नगदे बालीहरुमा देखा परेका रोग, किराको पहिचान गरी त्यसको नियन्त्रण तथा उपचार विधि बारे कृषकहरुलाई जानकारी गराउने उद्देश्यले आयोजिक कार्यक्रममा पनौती नगरपालिका वडा नं ८ को कार्यालयमा सम्पन्न शिविरमा नगरभित्रका ६४ जना कृषकहरुको सहभागिता रहेको थियो ।

विन्धवासिनी साकोसद्वारा कृषि परियोजना अन्तर्गत संचालित किसान–२, कार्यक्रम, पनौती नगरपालिका, कृषि तथा पशुपंक्षी शाखा र बाली संरक्षण प्रयोगशाला, हरीहर भवन ललितपुरले संयुक्त रुपमा संचालन गरेको शिविरमा तरकारी तथा फलफुलको परिक्षण तथा उपचार गरिएको विन्धवासिनी साकोसको कृषि प्राविधिक अनिशा चौलागाईले जानकारी दिईन । शिविरमा कृषकहरुले उत्पादन गरेका लसुन, धनियाँ, रायो, काउली, बन्दा, आलु, गोलभेंडा जस्ता तरकारी तथा फलफुल तर्फ अम्बा र सुन्तलामा देखिएको रोग परिक्षण तथा उपचार गरिएको कृषि प्राविधिक चौलागाईले बताईन ।

कृषकहरुले बालीमा देखा परेको रोग पहिचान तथा नियन्त्रणका आफुले उत्पादन गरेका तरकारी तथा फलफुल खेती देखिएको समस्या शिविरमा उपस्थित भएका थिए । प्रयोगशालामा संलग्न कृषि विज्ञहरुले रोगको पहिचान गरी रोकथामका उपायहरुका बारेमा कृषकहरुलाई बताई रहेका थिए । कृषकहरुले ल्याएको नमुनाहरु मध्ये अम्बा, सुन्तलामा फल झर्ने समस्या, एैजेरु लाग्ने र औंसाको प्रकोप देखिएको थियो भने रायो, काउली, बन्दामा गाँठे रोग र गोल्भेडामा जरामा गिर्खा देखिने रोग (निमाट्रोड) को देखिएको थियो ।

शिविर संचलनबाट कृषकहरु लाभाम्बित भएको र यस्ता कार्यक्रमहरु निरन्तरता दिन अनुरोध समेत गरेका थिए ।
उक्त शिविरमा पनौती नगरपालिका ८ नं वडा अध्यक्ष केशब बञ्जरा, ज्ञानमा आधारित एकिकृत दिगो विकास परियोजना (किसान–२) कार्यक्रमका एशिया कोअडिनेटर मुक्ति देवकोटा, विन्धवासिनी साकोस, कृषि कार्यक्रमका कोअडिनेटर किरण जोशी लगायतको सहभागिता रहेको थियो ।