समाचार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी नल्याउने

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका […]

अरूलाई गुलियो हुने उखु, किसानलाई तीतो

महोत्तरी। दुई वर्षअघिसम्म भङ्गाहा नगरपालिका–४ का किसान हीरालाल महतो तीन बिघामा उखु खेती गर्थे। अहिले उनको उखु खेती एक बिघामा मात्र सिमित छ। यसै बस्तीका कृषक धनेशी महतोले त उखु खेती नै छोडिसके। जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म १० वर्ष पहिले देखिने जताततै उखुको खेती अहिले स्वात्तै घटेको छ। भुक्तानीमा निकै हण्डर खेप्नुपर्ने भएपछि […]

औँसा प्रकोपले सुन्तला सखाप

ताप्लेजुङ। करिब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तील बहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित छन् । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै बाटो बन्द हुने भन्दै कार्की चिन्तामा परेका हुन् । “करिब ३ सयभन्दा बढी […]

गाउँ फर्कँदै : उद्यम गर्दै

बागलुङ। “बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौंतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भने, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौंमा हुन्थ्यो । व्यवसायका नाममा खत्रीको एउटा स्करपियो जीप थियो । जीपको कमाइले किस्ता तिर्न र खर्च धान्न ठिक्क हुन्थ्यो । जेनतेन यातायात व्यवसायमा टिकेका खत्रीमाथि कोरोना […]

दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

जाजरकोट। निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका […]

द्वन्द्व भुल्दै, परिचय बदल्दै : व्यावसायिक उत्पादनमा पूर्वलडाकु

गलकोट। बाह्र वर्षको उमेरमा सशस्त्र द्वन्द्वमा होमिएकी तिलाकुमारी अहिले द्वन्द्वको कुरा लुकाउन खोज्छिन् । जनयुद्धमा घरपरिवार त्यागेर लागेकी सल्यानको बागचौर नगरपालिका–४ की तिलाकुमारी अहिले बागलुङमा आएर द्वन्द्व भुल्दै कृषि कर्ममार्फत व्यावसायिक उत्पादनमा लागेकी छन् । पढ्ने, रमाइलो गर्ने उमेरमा योद्धा बनेकी तिलाकुमारीले जनयुद्धमा होमिएर आफ्नो समय खेर फालेको तीतो अनुभव सुनाइन् । उनी द्वन्द्वको घाउ […]

श्रीराम सुगर मिल्सले ग¥यो २५ करोड भुक्तानी

ललितपुर। रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो । उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो […]

जहाँ हलो त्यहाँ भलो

गण्डकी। नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ । गाउँका टारीमा अग्ला कान्ला तथा साँघुरा गरा भएका कारण गोरुको विकल्प नभएको हो । मादी गाउँपालिका–१२ अलैँचीबारीका ६८ वर्षीय सोमलाल न्यौपाने टारीका खेतबारीका लागि अझैपनि जोत्न गोरुको विकल्प नभएको बताउछन् । छिमेकी वडा […]

टनेल हाम्रो, उत्पादन तपाईँको कार्यक्रम

पर्वत। पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपाईँको कार्यक्रम’ सुरुवात भएको छ । फलेवास नगरपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको हो । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सेत सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाका ११ वटै वडाका […]

किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता

बनेपा। सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंँसीको पाडी वितरण गरिएको छ । गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले […]