समाचार

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

चितवन। भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल केन्द्रीय मह व्यवसायी संघले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका […]

अलैँची : उत्पादन बढ्दो, बजार मूल्य घट्दो

फुङलिङ। ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए। शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान […]

थप ५ हजार क्विटल धान खरीद गर्दै खाद्य व्यवस्था कम्पनी

वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरीद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरीद गर्ने भएको छ । शाखाले चालू आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरीदको कोटा पाएकोमा हालसम्म रू. ९ करोड २१ लाख १ हजार ६५ […]

विजुली नभएको ठाउँमा लाखौँ रुपैयाँको उपकरण अनुदान, तीन वर्षदेखि प्रयोगविहीन

सोलुखुम्बु। नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । परियोजनाको रु. १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच समूलाई उक्त मेसिन वितरण गरिएको थियो । “प्रत्येक समूहलाई […]

सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ५०० जनाभन्दा बढी सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि १ हजार ५००, तोरीको तेलका लागि ५०० रुपैयाँ र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी २ हजार ५०० रुपैयाँका दरले रकम वितरण गर्ने […]

अदुवाको भाउ घटेपछि किसान निराश

इलाम। अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु, छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु. एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको […]

चिराइतोले बजार नपाएपछि खेती छाड्दै किसान

फुङ्लिङ। विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन। जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन। केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरौ हुन्थे। विगतमा उनी नकै व्यस्त भएका चिराइतो सङ्कलन गर्न । […]

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू

वाग्मती। सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उहाँले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सातरआठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ […]

डोटीमा चितुवा आतङ्क, हप्तादिनमा ८ चौपायाको ज्यान लियो

डोटी। जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेका छन् । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीको चार बाख्रा र […]

कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

स्याङ्जा। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। विगतमा काम गरिखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिवर्तन हुँदै आएको तर अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने […]