समाचार

दाङमा व्यावसायिक घाँसखेती

देउखुरी। दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रीन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ । घोराही –६ का श्रीधर […]

खानेपानी मन्त्रीबाट मेलम्ची सुरुङको निरिक्षण, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने

ललितपुर। खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक […]

आयात–निर्यात व्यापारमा सहजीकरणका लागि कृषिमा एकद्वार प्रणाली

ललितपुर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन् । आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको छ । मन्त्रालयमा भन्सार विभाग र कृषि मन्त्रालयअन्तर्गतका तीनै वटा विभागबीच सम्झौता भएको हो । सो अवसरमा कृषि […]

हिमाली जिल्लाका किसान हिउँ नपर्दा चिन्तामा

मनाङ। यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत […]

कृषिमा वैदेशिक लगानी ल्याउन नदिन १५ समूहको विरोध

ललितपुर। कृषिमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै कृषिसम्बद्ध १५ समूहले विरोध जनाएका छन् । कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गरिँदा यो पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा गई व्यवसायीको उद्यमशीलतामा असर पर्ने भन्दै उनीहरूले विरोध जनाएका हुन् । माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, पोल्ट्रीमा […]

कृषि तथा पशुपालनमा ‘हाइ टेक’ प्रणाली अपनाउँदै युवा किसान गङ्गाबहादुर

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आउनुभएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका हुन् । खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिकरूपमा कृषि पेशा अपनाउँदै आएका […]

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

तनहुँ । सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक […]

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने

ललितपुर। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भूभागहरु हुसु्कु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ […]

किसानलाई अनुदानमा कार्टुन

बागलुङ। सिगानाका किसानलाई सधैँ सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो ।आफैँ कार्टुन बनाउन महँगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य सङ्घ संस्थासँग गुहार माग्ने गरेका थिए । बजारमा रु १२० पर्ने कार्टुनमा २० किलोमात्रै सुन्तला अट्छ । सिजनमा रु पाँच प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै […]

स्वरोजगारका लागि च्याउ र सिस्नु खेती गरिँदै

हेटौंडा। मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ । पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय […]