संघीय कृषि मन्त्रालयले मधेस प्रदेशका सुख्खा ८ जिल्लामा अध्ययनका लागि टोली परिचालन गर्दै
ललितपुर। मधेस प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । अहिलेको समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिकको टोलि पठाउने निर्णय भएको हो । टोली आइतवार सो क्षेत्रमा पुग्ने छ । […]