समाचार

विदेशबाट फर्केका युवा लागे व्यावसायिक केरा खेतीमा

मोरङ। मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नंग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १० जना युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती गरेका छन् । […]

बारी छैन : कौसी छँदैछ !

दमौली। तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ । दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना […]

अमेरिकी फौजीकीराद्वारा मकैबाली नष्ट : किसान चिन्तित, छैन प्राविधिक सहयोग

चितवन। जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ। रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो। कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो। उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ। जिल्लामा १४ […]

वर्णशङ्कर मकैको बीउ उत्पादनसम्बन्धी तालीम

चितवन। किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर […]

लक्षित वर्गलाई कुखुराका चल्ला वितरण

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्वारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ । सोही वडाका ३१ […]

विद्यार्थीलाई बेमौसमी तरकारी खेती तालिम प्रदान

बझाङ। बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि […]

तीन स्थानीय तहमा उखु प्रवद्र्धन गरिने

दार्चुला। उखु व्यवसाय पछिल्लो समय कम हुँदै गएको छ । उखु उत्पादनमा कम र माग बढ्दै गएपछि कृषि ज्ञान केन्द्रले जिल्लाका तीनवटा स्थानीय तहमा उखु प्रवद्र्धन गर्ने लागेको हो । नगदे बालीअन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ । पहाडमा त्यसरी गरिँदैन् । पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ […]

किसान आयोगको अध्यक्ष र सदस्यका लागि सरकारले माग्यो आवेदन

ललितपुर। सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ। इच्छुकहरूले उक्त पदहरूका लागि दरखास्त दिन सक्नेछन्। किसानहरुको हक, हितका लागि भन्दै लामो समयको संघर्ष पश्चात गठन भएको किसान आयोगको अध्यक्ष पद यहि फाल्गुन ११ गते देखि रिक्त छ । आज (बिहिबार)देखि २१ दिनभित्र दरखास्त दिन सकिने कृषि तथा पशुपन्छी विकास […]

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट। जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए। यो आर्थिक वर्षमा स्थानीयवासीले […]

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा […]