आलु मिसन कार्यक्रमअन्तर्गत पाल्पामा बेमौसमी आलु खेती शुरु
पाल्पा। पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिए […]





