समाचार

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डोटी। पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम […]

व्यावसायिक पशुपालनसँगै डाँलेघाँसका बिरुवाको माग बढ्दो

गण्डकी। डिभिजन वन कार्यालय कास्कीद्वारा सञ्चालित वन नर्सरीमा डाँलेघाँसका बिरुवाको माग अत्यधिक रहेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवा वर्ग व्यावसायिक पशुपालनतर्फ लागेसँगै डाँलेघाँसका बिरुवाको माग ह्वात्तै बढेको हो । कोरोना महामारीसँगै मुलुकमा व्यावसायिक पशुपालक कृषकको सङ्ख्या बढेको कारण वन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिललगायतका रु एक लाख ५० हजार डाँलेघाँसका बिरुवा निःशुल्क वितरण […]

म्याग्दीको गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यसवर्ष करीब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जानकारी दिएको छ । समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको […]

सेञ्चुरी कमर्सियल बैंक र कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जा सम्बन्धी सम्झौता

ललितपुर। सेञ्चुरी कमर्सियल बैंकले कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग एक सम्झौता गरेको छ । कर्णाली प्रदेशले कार्यान्वयनमा ल्याएको ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६’कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच सम्झौता भएको हो । सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण […]

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

रामपुर। रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान […]

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

कञ्चनपुर। बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो । एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू […]

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर। यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे […]

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

ललितपुर। भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउने व्यवस्था […]

पर्वतको चिसापानी लेकमा व्यावसायिक चिया खेती सुरु

पर्वत। महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको […]

७५ बिघामा माछा पोखरी बनाइँदै

भरतपुर।  जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु ३० लाख बजेट स्वीकृत गरिएको छ । कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा […]