समाचार

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा […]

‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ। पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उहाँले पाउनुहुन्न । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोख्नुभयो । उहाँको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका […]

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो

बर्दिया। गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी […]

५ लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने तयारी

ललितपुर। सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करीब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको सोमवार आयोजित कार्यक्रममा जानकारी दिइएको छ । मलखाद व्यवसायी संघ नेपालको पाँचौं साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ सोमवार आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले […]

दार्चुलाबाट यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी

दार्चुला। यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ […]

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

डोटी। जिल्लाको जोरायल गाउँपालिका – ४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो । युनिसेफको रु ३६ […]

तरकारी खेती : दुःख किसानलाई नाफा बिचौलियालाई !

गलकोट। उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधैँ मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् । यही चरम पीडाका बीच बिचौलियाको अन्त्य गर्ने तयारीमा किसान […]

वर्षा हुने सम्भावना अझै छ : मौसम विज्ञान विभाग

ललितपुर। अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । उनले अहिले त्यस्तै अवस्था नरहेकाले तत्काल मनसुन बाहिने […]

कैलालीमा पाँच दशकदेखि लालपुर्जाविहीन

गोदावरी। कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् । कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । लालपुर्जा […]

कृषकका गुरु टीकाराम

गलकोट। बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ । ६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्नुहुन्छ । बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको […]