फूल किन्न दिनदिनै व्यापारी घरमै आउन थालेपछि गृहिणी दंग
महोत्तरी। नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् । तिहार सुरु हुन दुई/तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका […]





