रित्तिए हुम्लाका खाद्य डिपो, बजारको महँगो चामल खरीद गर्न बाध्य स्थानीय
हुम्ला। खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको […]





