समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं। सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’को कार्यान्वयनको बाटो खुलेको छ । कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेसँगै परियोजना सञ्चालनको बाटो खुलेको हो । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाका अनुसार परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेको हो । बन, वातावरण र उद्योग मन्त्रालयसहित विभिन्न सरोकारवालासमेतको सहभागीतामा कृषि विकास मन्त्रालयले तयार […]

यस वर्ष धानमा करिब रु १४ अर्बको आयात घट्ने

काठमाडौँ । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पदानमा समेत वृद्धि हुनेछ । गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस […]

सस्तियो बोधिचित्तको माला

काभ्रे । बोधिचित्त (बुद्धचित्त) को गेडाबाटै राम्रो आम्दानी लिदै आएका जिल्लाको तिमाल भेगका बासिन्दा यस बर्ष राम्रो बजार नपाएकोमा चिन्तित बनेका छन् । एक बोटबाटै एक लाख देखि पचास लाखसम्म लिएका यहाँका बासिन्दा पुनः कौडीको भाउमा बेच्नुपर्दा चिन्तित बनेका हुन । पहिला खासै मतलब नभएको एक पाथीको एक सयदेखि दुई सयसम्म बेच्दै आएका यहाँका बासिन्दालाई […]

मनाङमा स्याउ उत्पादन बढ्ने संकेत

मनाङ । मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादन पाँच प्रतिशतले बढ्ने भएको छ । स्याउको फूल फुल्ने समयमा अनुकुल वातावरण भएका कारण उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । कृषि कार्यालयका बागवानी विकास अधिकृत रामचन्द सेढाइँका अनुसार जिल्लाका विभिन्न भागमा गरि मनाङमा १६५ हेक्टर Ôेत्रफलमा स्याउ खेती गरिए पनि करिब ९१ […]

राजधानीमा जुम्लाको अर्गानिक स्याउ

काठमाडौँ । नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ । एस डिके एप्पल गार्डेनिङले पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा झैँ यस वर्ष पनि चाडपर्वलाई लक्षित गरी जुम्लाको स्याउ काठमाडौँ ल्याइसकेको जानकारी दियो । सो गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अगार्निक […]

‘कृषि क्षेत्रमा आधुनिकीरण आवश्यक’

रुपन्देही । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कृषि क्षेत्रमा थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।जिल्लाको देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिकसाधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राज्यले किसानका लागि छुट्टयाएको रकम विचौलीयाको हातमा जाने गरेको बताउँदै उक्त रकम वास्तविक कृषकले नै पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । कृषि बीमालाई प्रभावकारी बनाउन […]

अलपत्र पर्‍यो कृषकलाई सस्तोमा मल दिने योजना

वीरगञ्ज । सरोकारका मन्त्रालयबीच समन्वयको अभावमा कृषि कर्मका लागि नभई नहुने मल र कृषि सामग्रीको आयातमा कठिनाइ भएको छ । कृषि र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा एकै प्रयोजनका रासायनिक मलको आयातमा बढी राजस्व तिर्नुपरेको आयातकर्ताहरूले बताएका छन्, जसका कारण कृषकले मलखाद र सामग्रीका लागि बढी मूल्य तिर्नुपरेको छ । सरकारले २८ प्रकारका रासायनिक मलको आयातमा […]

कर्णालीमा उत्पादित सिमी, फापर सरकार समक्ष पुर्याउन पहल

जुम्ला । यहाँको कृषि उपज सरकारसमक्ष पु¥याउन यो वर्ष कर्णाली कृषि तथा खाद्य सरोकार समूहले पहल गर्ने भएको छ । कर्णालीमा उत्पादित सिमी, फापर, चिनो, कागुनो र कोदोलगायतका अन्नबाली निर्यात हुन नसकेको गुनासो कृषकले गरेपछि समूहले पहल गर्ने भएको हो । गत वर्ष डोल्पाबाहेक कर्णालीका जुम्ला, हुम्ला, कालीकोट र मुगु जिल्ला गरी सिमी ३८० क्विन्टल […]

धनकुटामा बाख्रापालन व्यवसायमा आकर्षण

धनकुटा । बाख्रापालन व्यवसायबाट आखिसल्लाका सावित्रा खपाङ्गीको मासिक ५० हजारसम्म आम्दानी हुने गरेको छ ।जिल्लाको आखिसल्ला गाविसमा खपाङगीमात्र हैन महिला समूहमा आबद्ध १३२ जनाले व्यावसायिक बाख्रापालनबाट आफ्नो घरखर्च चलाएर बचत गर्न सफल भएका छन् । व्यवसायमा लागेर मासिक रु ५० हजारदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने साप्तिङ्टार– २ बाख्रापालन समूहकी सावित्रा खपाङ्गीले बताइन्।‘हेफर इन्टरनेसनल’ […]

जमिन बाँझो राख्न नपाइने नीति फितलो बन्दै

काठमाडौंँ। कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।“अहिले त झन् उल्टो काठमाडौँ ९काठ० आसपास र नजिकका भक्तपुर, काभ्रेपलाञ्चोक, अलि टाढा चितवनलगायत केही जिल्लामा जग्गाको खण्डीकरण बढेको छ”–कृषकका अगुवा उद्धव अधिकारीले बताउनुभयो । चालु आव २०७३÷०७४ को बजेट […]