समाचार

मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु

सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् । सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए […]

रोग पहिचान भएन, एक दर्जन पशु चौपाय मरे

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका–५ पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशुचौपाया मर्न थालेका हुन् । स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहका अनुसार रोगका कारण एक दर्जन पशुचौपाया मरिसकेका छन् । कयौँ बिरामी छन् । मुखबाट र्‍याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, […]

हुम्लामा पुनः हिमपात, किसानहरु खुशी

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]

बगरमा उखु खेती, सबैभन्दा बढी आम्दानी

कञ्चनपुर। नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएको हो । बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन् । डेढदशक अघि दोदा नदीमा आएको बाढीले उहाँसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत […]

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

म्याग्दी। म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् । पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् । यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ […]

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर। भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, […]

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

सर्लाही। सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे। मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको […]

कास्कीमा सुन्तला : कतै लहर, कतै रहर

गण्डकी। दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका […]

बाली उपचार शिविरबाट किसानलाई राहत

तानसेन। पाल्पाको तानसेन नगरपालिकाले अन्नबाली भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बाली उपचार शिविर सुरु भएको छ । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणले नष्ट गर्न थालेससँगै तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ पाल्पाले बालीमा उपचार शिविर अभियानकैरुपमा सञ्चालनमा ल्याएको हो । कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको […]

ताप्लेजुङमा अलैँची जोनको क्षेत्र विस्तार

फुङ्लिङ। ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको […]