
ललितपुर। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।
प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्«याक गर्नुपर्ने छ । आवाज ट्र्या गरेर अपलोड गरेको भिडियोले मात्रै च्यालेन्जमा प्रतिस्पर्धा गर्न सक्छ ।
कम्पनीको यो प्रतियोगिता फेब्रुअरी २८ सम्म खुला रहने छ । प्रतियोगितामा सहभागीमध्यबाट आएको सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्ने र यसमा सरकारले कर काट्ने बताइएको छ ।
फेब्रुअरी २८, २०२२ सम्म खुला रहने प्रतियोगिताका सहभागीले क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग र @vianetcommunication लाई ट्याग गरेको हुनुपर्छ ।
भायनेटका कर्मचारी र परिवारका सदस्यहरूले भाग लिन नपाउने प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।