समाचार

चितवन राष्ट्रिय निकुञ्जमा ६३ बन्यजन्तु मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको […]

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

ललितपुर। पश्चिमी वायुको प्रभावले आज (बुधबार) देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश […]

कर्णालीका जिल्लामा हिउँ परेपछि किसान हर्षित

मुगु। साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । […]

मजदुरी छाडेर व्यावसायिक तरकारी खेती

महेन्द्रनगर। आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्थे ।परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहेका उनले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ । स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर […]

व्यावसायिक कृषकलाई अनुदानमा च्यापकटर

नवलपरासी। (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँस काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालयले व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई १५ लाख बराबरको च्यापकटर अनुदानमा वितरण गरिएको वडाध्यक्ष देवीभक्त कँडेलले जानकारी दिए । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले वडा […]

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी

ललितपुर। जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो । कम्पनीका महाप्रबन्धक […]

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि चितवनको भरतपुरमा हुने

ललितपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी चितवनको भरतपुरमा हुने भएको छ । माघ ५ देखि ८ गते सम्म संचालन हुने मेलाले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पु¥याउने आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले जनाएको छ । एक लाखभन्दा बढी अवलोकनकर्ता […]

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

बुटवल। सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् । सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य हुने उखु उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष […]

ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्दै

पाल्पा। ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् । सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दै नमूना देखाएका छन् । ग्रामीण क्षेत्रमा […]

माछापालनको ‘हब’ बन्दै नवलपुर

कावासोती। केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा माछापालन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएपछि माछापालन गर्ने क्षेत्रमा समेत […]