समाचार

नवलपरासीमा ७०० बिघा जमिनमा सिँचाइ पुर्‍याइने

परासी। सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् । लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत […]

गोकर्णेश्वर र कागेश्वरी मनोहराका किसानलाई भैँसीका पाडा/पाडी र बाख्रा

ललितपुर। राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडारपाडी र बाख्रा वितरण गरिने भएको छ । पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तरक्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसीपालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट […]

सोमालियामा खाद्य सङ्कट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने

मोगादिसु। सोमालियामा खडेरीका कारण खाद्य सङ्कट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।सोमालियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा […]

कृषकको गुनासो : बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

दमौली। गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँनु, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने, नगरपालिकाले कृषकलाई हेरेन । व्यास नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा गुनासो राख्दै उनले थपे, गत असार १२ गते नगरपालिकामा आएर अनुरोध गरेँ, बाँदरले दिएको दुःखका […]

मुस्ताङको हिमपहिरोमा परेर १२० चौरी बेपत्ता

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा […]

गहुँ छर्ने बेलामा युरिया मलको चर्को अभाव, किसान आक्रोसित

डोटी। गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा झनै चिन्ता थपिदिएको छ । गहुँ छर्ने बेलामा पनि यहाँका किसानले आवश्यक मल पाएका छैनन् । […]

कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनाली क्षति

कञ्चनपुर। गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु. एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण […]

वृद्धाश्रममै च्याउखेती

ललितपुर। मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले […]

सुदूर तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

कैलाली। हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी […]

क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइः किसान चिन्तित

बैतडी। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ । जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो भने अर्बौँ रुपैयाँ मूल्य बराबरका क्षति भएको अनुमान गरिएको छ । भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ । तर हालसम्म पनि उक्त वर्षाले जिल्लाका के–कति […]