समाचार

दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो । गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु. ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु. ४० लाख विनियोजन भइसकेको […]

सुर्ती खेतीबाट आम्दानी बढाउँदै किसान

महोत्तरी। जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् । अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ । यो चुरोट बनाउने नभएर चुनामा मोलेर […]

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना […]

लमजुङमा आलु उत्पादन बढ्यो

लमजुङ। यहाँ आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । […]

चितवन राष्ट्रिय निकुञ्जको तीन नदीमा ७२ गोही छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै […]

‘अब पानी लिन खोला झर्नु पर्दैन’

महोत्तरी। बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उनी औधि रमाएका छन् । बर्दिबास–१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर्खामा खोलाको धमिलो पानी खाँदै […]

बर्सातले सुठो कुहिँदा किसान चिन्तित

डोटी। काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन् । मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने बर्सातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा […]

झापामा तोरी खेतीको आशलाग्दो विस्तार

झापा। तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका […]

पानखेती : १५ वर्षसम्म गतिलो आम्दानी

बनियानी। झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए । “नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उनले भने, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।” […]

कफीका बोटमा सिन्दुरे रोगको प्रकोप

पाल्पा। पाल्पामा लगाइएको कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । यी रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यो वर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिए । जिल्लामा गत वर्ष झण्डै १५ […]