समाचार

सातौँ कृषि गणना भोलिदेखि : परिणाम आउन ५० दिन लाग्ने

ललितपुर।  मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क […]

अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

तनहुँ। व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश […]

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । चौध […]

इन्धनका लागि ‘गुइँठा’

महोत्तरी। जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम […]

मल अभावले केराखेती संकटमा

झापा। यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए। सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे […]

तरकारी खेतीबाट पाएको सफलता

रामपुर। सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे । तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यवसाय पनि सँगैसँगै अगाडि बढाए । सामान्य अन्नबाली उब्जाउ हुने खेतलाई […]

सफल बन्दै महिलाहरूको सामूहिक तरकारी खेती

गलकोट। केही वर्षसम्म घरधन्दामा सीमित गलकोट दुदिलाभाटीका महिला अहिले सामूहिक कृषिखेतीमा अग्रसर भएका छन् । श्रीमान्को कमाइमा निर्भर बन्दै आएका महिलाले अहिले धेरथोर रकम कमाएर घर खर्च चलाउन सफल भएका छन् । दुई वर्षअघिदेखि गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरेमा आठ रोपनी जग्गा भाडामा लिएर त्यहाँका १० महिला मिलेर सामूहिक खेती सुरु गरेका थिए । गाउँमा धेरथोर […]

५ औं प्राङ्गारिक कृषि मेला सुरु

ललितपुर। पाँचौ प्राङ्गारिक कृषि मेला सुरु भएको छ । ललितपुर स्थित पाटन दरबार संग्रहालयमा आजबाट मेला सुरु भएको हो । मेलाको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले गरेका थिए । कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गरिएको जानकारी दिए। उनले संसार […]

दूधले मूल्य नपाउँदा किसान पलायन हुने अवस्था

म्याग्दी। म्याग्दीको बनेपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेका छन् ।  । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको उनको गुनासो छ । दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको बरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलको भनाइ छ । “२५ वटा भैँसी […]

सिमकोटका किसान आलुखेतीमा आकर्षित

सिमकोट। पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले […]