समाचार

दूधको मूल्य समायोजन गर्ने तयारीमा सरकार, प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

ललितपुर।  सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्य वृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो । प्रतिवेदनमा पशुलाई खुवाउने आहारा (दाना, चोक्कर, ढुटो, […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

ललितपुर।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ। पुस अन्तिम साताको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो। निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्य बीमा कार्यान्वयनमा आउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

ललितपुर।  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । […]

सुन्तला बेचेर दोसल्लेमा पचास लाख भित्रियो

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु. ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु. ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् […]

बिक्रीका लागि राखिएको खान अयोग्य माछा नष्ट

चितवन। बिक्रीका लागि राखिएको १४२ किलोग्राम खान अयोग्य (गुणस्तरहीन) माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा जिल्लास्थित बालकुमारी तरकारी बिक्री केन्द्र र कमलनगर तरकारी बिक्री केन्द्रमा आज गरिएको बजार अनुगमनका क्रममा बिक्रीका लागि राखिएको खान अयोग्य (सड्न लागेका) उक्त परिमाणको माछा बरामद गरी नष्ट गरिएको हो । […]

गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु. १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा […]

सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

तनहुँ। सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद ९नार्क० लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो । भाइरस […]

१४५ कृषकलाई ८१ लाख अनुदान

बागलुङ। कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८/७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ । केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र […]

अलैँचीको मूल्यमा वृद्धि, प्रतिमन ४० हजारसम्म कारोबार

भोजपुर। यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताए । विष्टले भने,‘‘यसवर्ष […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बर्षादेखि हिमपातको सम्भावना

ललितपुर। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। साथै, देशका अन्य प्रदेशका पहाडी भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागि रहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, […]