समाचार

सात महिनामा झन्डै १३ अर्बको धान आयात

ललितपुर। चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु. १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु. तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न […]

जलवायु परिवर्तनको असर कृषिमा

म्याग्दी। म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् । संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता निकायले मानिसको जीविकोपार्जनलाई सहज बनाउने योजना ल्याउनुपर्ने जिल्ला […]

भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका महिला

दाङ। धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन् । भैँसीपालन व्यावसाय शुरु गरेकी उहाँ अहिले नामसँगै दाम कमाउँदै आएका हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनिसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत […]

कृषिमा भविष्य देखेपछि निर्माण व्यवसाय छाडेँ

बनेपा। गाउँमा नै फलफूल र पक्षीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आउनुभएको छ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिकरूपमा पक्षी र फलफूलखेती सुरु गर्नुभएको हो । कृषि पेशामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म सञ्चालन गरेको लामाले […]

व्यावसायिक ड्रागन खेतीबाट आम्दानी गर्दै पूर्वमन्त्री लोकेन्द्र विष्ट

दाङ। पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् । विष्टले दाङमा आएर ड्रागन खेती […]

१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

पर्वत। झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको […]

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

खलङ्गा। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन बढाउन […]

बारामा २ अर्ब ३७ करोड बराबरको आलु उत्पादन

बारा। बारा जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा २ अर्ब ३७ करोड ४४ लाख बराबरको १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आव ०७८/७९ मा बाराका […]

बिमाप्रति किसानको आकर्षण बढ्दो

खलङ्गा। जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका […]

आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

गलकोट। पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ । बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको […]