समाचार

फुटेनन् मूल, अझै भएन रोपाइँ

म्याग्दी। म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको […]

दुग्ध उत्पादक किसानलाई अनुदान

कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु. २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु […]

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

डोटी। जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रशिद्ध मानिँदै आएको […]

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

ललितपुर।  आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी […]

रासायनिक मलको विकल्पमा गड्यौले मल

स्याङजा। स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने चिन्तामा रहेका कृषकले गड्यौले मललाई विकल्पकारुपमा प्रयोग गर्न थालेका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका समूह, सहकारी तथा अगुवा कृषकले रासायनिक मल नपाएपछि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीमार्फत गड्यौले मल खरिद गरी खेतबारीमा प्रयोग गरेका […]

पुष्प व्यवसायले अझै लिएन लय

ललितपुर। कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन । महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुशी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो […]

भोकमरीबाट बच्न वैकल्पिक खेती

ललितपुर।  रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । सो जनसङ्ख्या विश्वको जनसङ्ख्याको तुलनामा झन्डै ११ प्रतिशत हुन आउँछ । वल्र्डओमिटरका अनुसार आज विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोड ९१ लाख २४ हजार रहेको छ […]

कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ ।बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको धान रोपाइँको खेतमा पर्याप्त पानीको अभावमा देखिएको खडेरीले प्रतिकूल असर पुग्न थालेको किसानले बताएका छन् । “बोरिङ पम्पिङ सेटबाट पानी तानेर असार पहिलो हप्तामै धान रोपाइँ गरियो”, धनगढीका किसान […]

बाख्रापालक किसानलाई अनुदान

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो । मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु. ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु पाँच […]

साना किसान सबल भए मात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

ललितपुर। कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष […]