खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे
बैतडी। बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो । खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए […]





