समाचार

स्थानीय तह निर्वाचन : किसानमुखी नीति र वैज्ञानिक भूमिसुधार कार्यक्रम

ललितपुर। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा दल निकट किसान सङ्गठनले किसानमुखी नीतिलाई प्रतिबद्धतामार्फत अगाडि सारेका छन् । दुई तिहाइ जनसङ्ख्या ओगट्ने किसानको जीवनमा समृद्धि र खुसीयाली ल्याउने दिशातर्फ उन्मुख पाँच दलीय गठबन्धनमा आबद्ध सङ्गठनले कृषि क्षेत्रको दिगो विकासको पक्षमा कृषि क्रान्तिलाई सफल बनाउन वैज्ञानिक भूमिसुधार लागू गर्नुपर्ने विषयलाई अगाडि सारेका हुन् […]

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

ललितपुर। सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो । उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका– १२ […]

‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

ललितपुर। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ भने । कृषि तथा पशुपालन क्षेत्रमा सरकारले […]

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

ललितपुर। परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्त्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग […]

मल अभावले मासिँदै केराखेती

झापा। रासायनिक मल अभावका कारण झापामा केरा उत्पादन तथा खेतीको क्षेत्रफल घट्दै गएको छ । विगतमा ५० बिघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी घटेपछि आफूले यसपालि ३० बिघाको केराखेती मासेको बताए । शुरूमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती गरे पनि मल अभावका कारण ठूलो घाटा बेहोर्नुपरेको उनको भनाइ छ । […]

नार्कले विकास गर्यो ८० बालीबस्तुका ७२३ जात

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ८० वटा बालीवस्तुका ७२३ जातहरु बिकास गरेको जनाएको छ । नार्क स्थापनको ३१ औँ वार्षिकोत्वसवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको बताएका हुन् । सरकारले नार्कको स्थापना विसं […]

२८ वर्षपछि मासपुरवासीले पाए लालपूर्जा

सिमकोट। हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन् । विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ […]

नमस्कारमा अल्झिएका किसान, खेतबारीमै पुगेर मतदातासँग मत माग्दै उम्मेदवार

दमौली। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ। उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन्। घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन्। तनहुँका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन्। म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे–३ स्थित […]

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि, २५ करोड बराबरको क्षति

चितवन। पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा […]

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुन्छ : मौसम विभाग

ललितपुर। यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र वाग्मती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) […]