समाचार

जुम्लाको उच्च स्थान छुमचौरमा ८ प्रकारका कालीमार्सी धान रोपाइँ शुरु

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ शुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा ८ प्रकारका कालीमार्सी धान रोपिएको हो । कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान […]

मलखाद र बीउबिजन उपलब्ध गराउन माग

ललितपुर।  विभिन्न किसान सङ्गठनले मलखाद र बीउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बीउबिजन उपलब्ध गराउन माग गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान सङ्घ र अखिल नेपाल किसान युनियनले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विगत […]

देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

ललितपुर।  देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै […]

म्याग्दीमा फौजी कीराको समस्या

गलेश्वर। म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु¥याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो । हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पु¥याएको किसानको बताएका छन् । भर्खर हरिया भएका बोटमा फौजी […]

प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड

ललितपुर। सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको बताएका हुन्।

किसान पेन्सन योजनाको घोषणा

ललितपुर। सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

आगामी वर्ष कृषिमा ५५ अर्ब ९७ करोड बजेट, मल खरिदका लागि १५ अर्ब रुपैंया

ललितपुर। सरकारले आर्थिक वर्ष २०७९/०८० मा रासायनीक मल खरिद गर्न १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई कुल विनियोजित ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये सरकारले १५ अर्ब रुपैयाँ मल गरिखको लागि विनियोजन गरेको हो । त्यस्तै धान लगायत खाद्यान्न भण्डारको लागि देशरी १०० […]

युरिया मल नपाउँदा किसानले बीउ राख्न सकेनन्

देउखुरी। घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उनले अझैसम्म बीउ राख्न सकेका छैनन् । धान खेतीका लागि युरिया मल आवश्यक पर्छ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने रु उनको भनाइ थियो । घोराही–९का […]

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

ललितपुर। नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ / ७९ को आर्थिक सर्वेक्षण अनुसार चालू आवको गत फागुनसम्म सो […]

किसानलाई धानको बीउको पिरोलो

महोत्तरी। महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् […]