समाचार

वर्षाको आशमा किसान

बागलुङ। बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै […]

नार्क, राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारद्वारा धान खेतीमा यन्त्रीकरण प्रविधिको सहभागितामूलक मुल्यांकन तथा प्रविधि प्रदर्शनी

धान खेती नेपालको प्रमुख बाली हो भने धान खेती गर्न को लागी उलेख्य लगानी, श्रम को खर्च लाग्ने गरेको हुन्छ। धान खेतीमा आधुनिक प्रबिधि अर्थात् यान्त्रिकरण प्रविधिको अबलम्बन गरी लागत न्यूनीकरण तथा श्रम भार कम गर्नु अहिलेको आवस्यकता हो । यसै सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद्, रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार द्वारा पाँचखाल नगरपालिका […]

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो

गण्डकी। असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन सकेको छैन । जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान […]

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

म्याग्दी। असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा […]

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

पर्वत।  यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका […]

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

ललितपुर।  सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट […]

पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले हेलम्बुका युवा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु. चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । […]

बाँदरबाट बाली जोगाउनै मुस्किल

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–२, सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन् । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका हुन् । उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन् । ‘बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्,’ उनले भने, ‘बिहान […]

पाल्पामा ८७ प्रतिशत रोपाइँ

पाल्पा। पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ । […]

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

बलेवा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको […]