समाचार

कृषि र गैरकृषि जग्गा वर्गीकरण हुनुपर्ने

ललितपुर। कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले समयमै आफ्नो काम नगरेकाले सो समस्या देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख दीपक कोइरालाले जानकारी दिए । स्थानीय तहले कृषि र गैरकृषि जग्गाका रूपमा वर्गीकरण नगर्दा जग्गा […]

पर्वतमा दूध उत्पादन बढ्यो

पर्वत। व्यावसायिक रूपमा गाई र भैंसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसानको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको हो । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, […]

आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा उत्पादक किसानको चेतावनी

चितवन। जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक संघ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको […]

विदेश त्यागेर खेतीपातीमा

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके । विदेश जान १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनी गाउँ फर्किए । हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका […]

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी। दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन । लमही नगरपालिका–१ […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ। धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले […]

मुस्ताङको स्याउ बजारसम्म पुर्याउन समझदारी

मुस्ताङ। स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ […]

प्रयोगमा आएनन् कृषि पूर्वाधार

म्याग्दी। कृषिउपजको बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण एवं उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ संकलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक संगठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको […]

प्रदेश सरकारको ब्याज अनुदानमा कषि कर्जा

सुर्खेत। सुर्खेत लेकबेसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । तर आचार्यसँग लगानी गर्ने रकम थिएन । उनले कर्णाली प्रदेश सरकारले ब्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए र रु. १० लाख ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे । कुनै बेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने […]

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान

सुर्खेत। सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए। उनले १० लाख रुपैयाँ ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे । कुनै बेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने […]