पहिरोका कारण तरकारी बजार पुर्याउन समस्या
म्याग्दी। बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् । डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गर्नुभयो […]





